Logo बिहिवार, आश्विन १ गते २०८३
images

अब्दुल रज्जाकद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

अब्दुल रज्जाकद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

  • 3.3K
    SHARES

  • अब्दुल रज्जाकद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

    बुटवल,मंसिर २१ ।

    नेपाली कांग्रेसका नेता तथा रुपन्देहीका निवर्तमान सभापति अब्दुल रज्जाकले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

    १४ औँ महाधिवेशनमा मुस्लिम तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने उनले नागरिक अनलाइनलाइ बताए ।   पुर्व खानेपानी राज्यमन्त्री समेत रहेका रज्जाकले रूपन्देहीमा दुइ कार्यकाल सभापति बनिसकेका छन् ।

    ‘आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउन,कांग्रेसमा रुपान्तरण,पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्न मैदानमा छु ।’ उनले नागरिक अनलाइनसंग भने । 

    संघीय लोकतान्त्रिक गणतन्त्र र सुशासनको अनुभूति दिलाउन , हिमाल,पहाड,तराई–मधेस,पश्चिमदेखि पूर्वका सबै जनताको भावनात्मक रुपमा जोड्न मेराे उम्मेदवारी हाे उनले भने ।

    विस २०१५ पौष १८ गते जन्मिएका उनी रुपन्देहीको ओमसतिया वडा न ४ रुपन्देहीमा बस्दै आएका छन् । ४२ वर्ष नेपाली कांग्रेसमा राजनिति गर्दै आएका उनले विएसम्म अध्ययन गरेका छन् ।

    हेराैँ उनको राजनीतिक यात्रा :-

    • नेपाली कांग्रेसको सदस्यता २०३६ सालमा तत्कालिन सभापति पुष्पानन्द गिरिबाट प्राप्त ।
    • जनमत संग्रहमा सक्रियता पुर्वक सहभागिता २०३६साल ।
    • सत्यग्रहमा सक्रियता पुर्व सहभागिता २०४२साल ।
    • विस २०४६ सालमा तत्कालिन ९ न क्षेत्रको सचिब मै सक्रियता पुर्वक २०४६ सालको जनआन्दोलनमा भुमिका,
    • आठौँ महाधिबेशनमा महाधिबेशन प्रतिनिधी ।
    • नवौँ महाधिबेशन महासमिति सदस्य ।
    • दशौँ महाधिबेशन क्षेत्र न १ क्षेत्रिय सभापति ।
    • एघारौँ महाधिवेशनमा रुपन्देही जिल्ला सभापति,एकिकरण पश्चात सहसभापति ।
    • बाह्रौँ महाधिबेशन रुपन्देही जिल्ला सभापति ।
    • तेह्रौँ महाधिबेशन रुपन्देही जिल्ला सभापति ।
    • २०६४ सालमा संविधान सभा उम्मेद्धवार क्षेत्र न १  ।
    • २०६० सालमा सविधान सभा सदस्य क्षेत्र न १ ।
    • खानेपानी तथा सरसफाई राज्य मन्त्री ।
    • २०७४ सालमा प्रतिनिधी सभा सदस्य उम्मेद्धवार क्षेत्र न १ ।

    उल्लेखित प्रतिबद्धतालाई सार्थक गराउन उमेदवारीको रहेको नागरिक अनलाइसंग बताए  ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology