बुटवल,मंसिर २१ ।
नेपाली काँंग्रेसका युवा नेता तथा लुम्बिनी प्रदेशका उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बीरबहादुर रानाले काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
रानाले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरेर आदिबासी जनजातीतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् पार्टीलाई निति नियम पद्धती, अनुशासनको लाईनमा हिडाउन, सबैको समान पहुँच र अधिकार स्थापित गर्न केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको मन्त्री रानाले बताए ।
नेपाल विद्यार्थी संघ हुँदै वडा तहबाट जिम्मेवारी निभाउँदै आएका रानाले आउँदो महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार बन्ने घोषणा गरेको बताए । राना यस अघि दुई कार्यकालसम्म पाल्पा जिल्लाको पार्टी सभापति भई काम गरेका थिए ।
समग्र लुम्बिनी प्रदेशको विकास पद्धतीमा लैजान, जिल्लाको विकासलाई प्रभावकारी बनाउन, पार्टी पद्धती संस्कारयुक्त बनाउन, राजनीतिक दलमा देखिएको वितृष्णा हटाउन पनि आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।
यही मंसिर २४ देखि २६ गतेसम्म हुने १४ औ महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा नेता रानालाई अगाडि सारेको नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले प्रष्ट पारेका छन् ।
नेपाली काँग्रेसलाई शसक्त जुझारु बनाउन, युवा पुस्तालाई राजनीतिमा क्रियासिल बनाउन रानाले सक्रिय भूमिका निर्वाह गर्दै आएको पाल्पाका पार्टी सभापति श्रेष्ठले बताए ।
जिल्ला सदस्य बिष्णु प्रसाद पाण्डेयको संचालनमा भएको कार्यक्रममा बाेल्दै पत्रकार महासंघ रूपन्देहीका सभापति रामराज पाेखरेलले राना पार्टीको नेतृत्व तहमा पुग्नु सबैका लागि राम्राे हुने धारणा राखे ।
लाइभ भिडियो :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)