Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२४ बर्षिया डा.अलविराको राजनीतिमा इन्ट्री,कांग्रेस लुम्बिनीको सदस्यमा ८८१ मतसहित बिजयी

२४ बर्षिया डा.अलविराको राजनीतिमा इन्ट्री,कांग्रेस लुम्बिनीको सदस्यमा ८८१ मतसहित बिजयी

  • 7.8K
    SHARES

  • २४ बर्षिया डा.अलविराको राजनीतिमा इन्ट्री,कांग्रेस लुम्बिनीको सदस्यमा ८८१ मतसहित बिजयी

    बुटवल,मंसिर २० ।

    नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्यमा डा.अलविरा खान बिजयी भएकी छन् ।उनले ८८१ मत सहित पौडेलसमुहबाट सदस्यमा निर्बाचित भइन् । उनी  मुस्लिम समुदायबाट प्रदेश सदस्य बनेकी हुन् ।

    ‘पिछडिएको समुदायको आवाज उठाउँन मैले राजनीति रोजेको बताउने उनी कपिलवस्तु-३ को प्रदेश सभा ख बाट प्रतिनिधि भएर उनी लुम्बिनी प्रदेश समिति सदस्यमा उम्मेदवार बनेकी थिइन् ।

    ‘मैले १८ वर्षको  उमेरमा कांग्रेसको क्रियाशिल सदस्यता लिएँकी थिएँ, अहिले २४ वर्षकी भएँ,प्रदेश सदस्यमा जिताउनुहुने सबैलाई हार्दिक धन्यबाद दिन्छु।’ डा. खानले नागरिक अनलाइनसंग  भनिन् । एमबीबीएस सकेर एमडी गर्न लागेकी अलविराले समाज रुपान्तरण गर्ने बताउँछिन् । उनका बाबु अंकित  ३० वर्षदेखि कांग्रसको क्रियाशिल सदस्य हुन्  । पूर्वक्षेत्रीय सभापति रहेका अंकित अहिले महाधिवेशन प्रतिनिधि छन् । 

    चिकित्सक रहेकी उनी आफू बिरामीको उपचारमै केन्द्रित हुने र सँगसँगै राजनीतिलाई पनि अगाडि बढाउने उनले बताउँछिन् ।बंगालादेश ढाकाबाट एमबिबिएस गरेकी उनी अहिले एमडि गर्ने तयारीमा रहेको उनका काका जमिल खाँनले नागरिक अनलाइनलाइ बताए ।

    राजनीतिमा लागेर समाजसेवा गर्ने अठोट रहेको  बताइन् । संस्थापन इतर समूह (रामचन्द्र पौडेल समुह ) का सभापतिमा अमरिसंह  पुन मगरको प्यानलले जितेको छ । 

    कांग्रेसकी २४ बर्षिया उम्मेदवार डा.अलविरा भन्छिन्-‘पिछडिएको समुदायको आवाज उठाउँन मैले राजनीति रोजें ’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology