Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस लुम्बिनी प्रदेश : सभापतिमा अमरसिंह पुन मगरको अग्रता कायमै (अपडेट मतपरिणाम)

कांग्रेस लुम्बिनी प्रदेश : सभापतिमा अमरसिंह पुन मगरको अग्रता कायमै (अपडेट मतपरिणाम)

  • 4.6K
    SHARES

  • कांग्रेस लुम्बिनी प्रदेश : सभापतिमा अमरसिंह पुन मगरको अग्रता कायमै (अपडेट मतपरिणाम)

    बुटवल,मंसिर १९ ।

    नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको मतगणना जारी छ । सभापतिमा अमरसिंह पुन मगर प्यानलको अग्रता कायमै छ । निर्वाचन अधिकृतका अनुसार अहिलेसम्म ६१५ मत गणना भैसकेको छ ।

    सभापतिमा अमरसिंह पुन मगर ३४४ मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी भरतकुमार शाहले २१६ मत प्राप्त गरेका छन । अमर पुन रामचन्द्र पौडेल समूहका हुन भने शाह शेरबहादुर देउवा समूहका हुन् ।

    ६१५ मत गणनाको पछिल्लाे अपडेट हेराैँ : -list.jpg

    ताजा अपडेटका लागि तल हेर्नुस् :-

    ----------------------------------------------------------अपडेट---------------------------------------------------------------------------

    ७३० मत गणना गर्दा सभापतिमा अमरसिंह पुन मगरले ४०२ मत प्राप्त गरेका छन् । अर्का प्रत्यासी भरत कुमार शाहले ३२४ मत प्राप्त गरेका छन भने ४ मत बदर भएको छ । 

    ----------------------------------------------------------अपडेट---------------------------------------------------------------------------

    नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन विजयी भएका छन्। संस्थापन पक्षका भरत शाहलाई पराजित गर्दै पुन सभापतिमा विजयी भएका हुन्। विजयी पुनले ८५२ मत ल्याए भने शाहले ७६७ मत ल्याए।

    अन्य पदाधिकारीमा पनि पुन पक्षकै वर्चस्व रहेको छ।  उपसभापतिमा पौडेल समूहका गुल्मीका भुवन प्रसाद श्रेष्ठले ८४७ र देउवा समूह दाङ्का राजु खनालले ७९२ मत ल्याएर विजयी भए भने पौडेल समूहका अष्ठभूजाले ७७२ र देउवा समूहका सुधाकर पाण्डेयले ६६१ मत ल्याएर पराजित हुनुपर्‍यो ।

    त्यसैगरी महामन्त्रीमा पौडेल समूहका विक्रम खनाल ८४४ र सुरेन्द्रराज आचार्य ८३९ मत ल्याएर विजयी भए । सहमहामन्त्री पदमा पनि पौडेल समूहकै निमा गिरी ८३०, बिष्णु खनाल मुस्कान ८५९ र खगराज पाण्डेले ७७६ मत ल्याएर विजयी भए ।

    पुनलाई कांग्रेसका केन्द्रीय नेता दीपक गिरी, डा‍.चन्द्र भण्डारी, संजय गौतमलगायतका नेताहरुको समर्थन थियो।

    देउवा समूहबाट रुपन्देहीका प्रभावशाली मानिएका शाह प्रतिनिधिसभामा लगातार ३ पटक जितेका नेता हुन् उनी अहिले सार्वजनिक लेखा समितिका सभापति हुन् । उनलाई कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँण र देबेन्द्रराज कडेँलको साथ थियो । तर निर्वाचनमा उनी पराजित भए ।

    १४औं महाधिवेशनअन्तर्गत  भएको प्रदेश अधिवेशनमा कुल १ हजार ६३१ मत खसेको थियो। प्रदेशको नेतृत्वको लागि शनिबार मतदान भएपनि आइतबार बिहानबाट मतगणना सुरू भएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology