Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस गण्डकी प्रदेशको सभापतिमा पाैडेल समुहका शुक्रराज शर्मा विजयी

कांग्रेस गण्डकी प्रदेशको सभापतिमा पाैडेल समुहका शुक्रराज शर्मा विजयी

  • 3.3K
    SHARES

  • कांग्रेस गण्डकी प्रदेशको सभापतिमा पाैडेल समुहका शुक्रराज शर्मा विजयी

    बुटवल,मंसिर १९ ।

    नेपाली  कांग्रेस गण्डकी प्रदेशको सभापतिमा संस्थापनइतरका शुक्रराज शर्मा विजयी  भएका छन्। प्रदेश अधिवेशनअन्तर्गत  शनिबार नेतृत्व चयनका लागि भएको मतदानपछि अहिले मतगणना चलिरहेको छ।

    पछिल्लो अपडेट अनुसार हालसम्म ११ सय मत गणना भएको छ। मतदानमा कुल ११४६ मत खसेको थियो। ४६ मत गन्न बाँकी  रहँदै शर्मा विजयी भएका हुन्  

    प्रदेश सभापतिमा ११०० मत गणना हुँदासम्म पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शुक्रराज शर्माले ५८५ मत प्राप्त गरेका छन्।  सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवापक्षका उम्मेदवार अर्जुनप्रसाद जोशीले  ५१० मत ल्याएका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology