Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सर्लाही कांग्रेसमा तमासा : वडा अधिवेशनमा झडप, मतदान अधिकृतसहित ५ जना घाइते

सर्लाही कांग्रेसमा तमासा : वडा अधिवेशनमा झडप, मतदान अधिकृतसहित ५ जना घाइते

  • 1.5K
    SHARES

  • सर्लाही कांग्रेसमा तमासा :  वडा अधिवेशनमा झडप, मतदान अधिकृतसहित ५ जना घाइते

    बुटवल,मंसिर १३ ।

    नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा सर्लाहीमा आज पनि झडप भएको छ। विवादपछि आइतबार गोली चलेको थियो।आइतबार गोली चलेपछि रोकिएको अधिवेशन सोमबार सुरु भएसँगै झडप भएको हो।

    झडपमा मतदान अधिकृतसहित पाँच जना घाइते भएका छन्। बलरा नगरपालिका–८ को वडा अधिवेशनको क्रममा झडप भएको हो।

    झडपको क्रममा मतदान अधिकृत उमेशचन्द्र झासहित तीन जना प्रहरी र एक सर्वसाधारण गरी पाँच जना घाइते भएका छन्। झा माथि आक्रमण भएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो। झडपपछि अहिले अवस्था सामान्य रहेको सर्लाहीका एसपी कृष्ण प्रसाईले बताए।

    झडपमा मतदान अधिकृत झासहित ३ प्रहरी र एक सर्वसाधारण घाइते भएका छन्। निर्वाचन अधिकृतको टाउकोमा चोट लागेको छ भने एक प्रहरी निरीक्षकको हात भाँचिएको जनाइएको छ। 

    आइतबार मात्रै यो वडामा प्रदेश २ का महिला बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पर्सनल सेक्युरेटी अफिसर ९पीएसओ०ले हवाई फायर गरेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology