Logo बुधवार, श्रावण १३ गते २०८३
images

डा.बाबुरामको टीप्पणी : अधिवेशनको नाममा एमाले कार्यकर्ताले ओलीको दाशत्व स्वीकार गरे (लाइभ भिडियो )

डा.बाबुरामको टीप्पणी : अधिवेशनको नाममा एमाले कार्यकर्ताले ओलीको दाशत्व स्वीकार गरे (लाइभ भिडियो )

  • 2.7K
    SHARES

  • डा.बाबुरामको टीप्पणी : अधिवेशनको नाममा एमाले कार्यकर्ताले ओलीको दाशत्व स्वीकार गरे (लाइभ भिडियो )

    बुटवल,मंसिर १२ ।

    पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले अधिवेशनको नाममा एमाले कार्यकर्ताले ओलीको दाशत्व स्वीकार गरेको टिप्पणी गरेका छन् ।

    सर्वोच्च अदालत र दलका अधिवेशनमा देखिएका अलोकतान्त्रिक हर्कतले देश फेरि प्रतिगमनतर्फ लागेको टिप्पणी गरे । आज बुटवलमा पत्रकार सम्मेलनमा बोल्दै उनले आन्दोलन र संर्घषबाट आएका नेता कार्यकता मूकदर्शक बन्दै दाशत्व स्वीकार गर्दै केही नेतालाई राजा–महाराजाको रुपमा देखाउनु देश प्रतिगमनमा गएको प्रमाण भएको बताए ।

    नेकपा एमाले अग्रगमनको वाधक र नवफासीवादी शक्ति भएको उनको दाबी छ ।  एमालेको महाधिवेशनको तडकभडक निभ्ने बेलाको वत्ति जस्तै भएको टिप्पणी गरे ।

    अहिलेको व्यवस्था विघटन गर्नेतर्फ लागेको प्रतिगमनलाई गठबन्धन बनाएर रोक्न सफल भए पनि फेरि प्रतिगमनकारी गतिविधि बढेकोमा भट्टराईले चिन्ता ब्यक्त गरे।

    भट्टराईले अहिलेको गठबन्धन निर्वाचनसम्म एक भएर जानु उपयुक्त हुने बताए । भट्टराईले माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा लगायतका पार्टीहरूबीच ध्रुवीकरण गरेर वैकल्पिक पार्टी बनाउनुपर्नेमा जोड दिए ।

    सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसबाट परिवर्तनको अपेक्षा गर्न नसकिने भट्टराईले बताए ।  चुनावसम्म अहिलेको सत्ता गठबन्धन कायम राख्नुपर्ने बताए ।

    जसपाका बरिष्ठ नेता अशोक राईले पार्टी अहिले संगठन सुदृढिकरण तथा जनजागरण अभियानमा लागेको बताउँदै यो अभियान मंसिर भर चल्ने बताए । पत्रकार सम्मेलन जनता समाजवादी पार्टीका युवा नेता मनिकर कार्कीको संचालनमा भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology