दाङ,मंसिर ४ ।
नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत दाङका ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । दाङको निर्वाचन क्षेत्र नं. ३ (ख)मा ४८५ मत खसेको छ । ४ जना मतदानमा आएनन् ।
यहाँ कुल मतदाता ४८९ जना थिए । निर्वाचन क्षेत्र ३ (क)मा ४८६ मत खसेको छ । ७ जना मतदान गर्न आएनन् । यहाँ ४९२ जना मतदाता थिए । त्यस्तै निर्वाचन क्षेत्र नं. २ (ख)मा ३३९ मत खसेको छ । कुल मतदाता ३४४ रहेकोमा ५ जना मतदानमा सहभागी भएनन् । २ (क) मा ३०३ मत खसेको छ । यहाँ ४ जना मतदान गर्न आएनन् । कुल मतदाता ३०७ जना थिए । त्यस्तै निर्वाचन क्षेत्र नं. १ (क) मा ३८५ मतदाता मध्य ३८१ मत जनाले मतदान गरेका छन् ।
यहाँ पनि ४ जना मतदान गर्न आएनन् । निर्वाचन क्षेत्र नं. १ (ख)मा ३०५ मत खसेको छ । यहाँ १ जना मात्रै मतदान गर्न आएनन् । दाङमा ६ प्रदेश सभापति पदका लागि १३ जनाका बीचमा प्रतिपर्धाको मैदानमा उत्रिएका छन् । निर्वाचन क्षेत्र नं. १ का दुबै क्षेत्र , निर्वाचन क्षेत्र नं. २ का दुबै क्षेत्रमा मतगणना सुरु भइसकेको छ ।
तर, निर्वाचन क्षेत्र नं. ३ मा यो खवर तयार पार्दासम्म मत गणना सुरु भइ सकेको छैन । मुचुल्का चयार पारेर केही बेरमै मतगणनाको तयारी भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ ।
त्यसो भएमा जिल्लाको सबै नतिजा राति अवेर सम्म सार्वजनिक हुने अनुमान गरिएको छ । शुक्रबार नै ९ जना प्रदेश महाधिबेशन प्रतिनिधि बिभिन्न क्षेत्रका निर्वाचित भइ सकेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)