बुटवल,कात्तिक ३० ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको छ ।
रुपन्देहीमा बन्दको प्रभाव देखिएको छ । पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदबाब दिने भन्दै नेकपाले आज नेपाल बन्द आह्वान गरेको हाे ।
बुटवलमा मंगलबार बिहान सार्वजनिक सवारीहरू नचले पनि निजी सवारी साधन भने गुडिरहेका छन् । बुटवलका चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । काठमाडाैँ र भैरहवातर्फ जाने बुटवलकाे मुख्य चाेक राजमार्ग चाैराहा सुनसान प्राय: देखिन्छ ।
हेराैँ तस्वीरहरु :




नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)