Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रदेश राजधानीको गुरूयोजना निर्माणमा लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीको सक्रियता

प्रदेश राजधानीको गुरूयोजना निर्माणमा लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीको सक्रियता

  • 3.4K
    SHARES

  • प्रदेश राजधानीको गुरूयोजना निर्माणमा लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीको सक्रियता

    बुटवल,कात्तिक २५ । 

    लुम्बिनी प्रदेश राजधानीको गुरूयोजना निर्माणका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीको सक्रियता बढेको छ ।प्रदेश पुर्वाधार विकास प्राधिकरणले छलफल गरिरहेको हो ।आज बुटवलमा विदेशि कन्सल्ट्यान्ट सहितको प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसि सोनामले तिनै तहको सरकारको पूर्ण सहयोग रहेमा नेपाल मै नमुना राजधानी वन्ने बताउनुभयो ।

    अहिलेको मास्टर प्लानिङको काम १ बर्ष भित्र जसरि नि सक्नुपर्ने कुरामा जोड दिनुभयो ।  उक्त कार्यक्रममा वोल्दै लुम्बिनी सभामुख पूर्ण बहादुर घर्तिले राजनैतिक व्यक्तित्यो भन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभयो ।

    प्रमुख सचिव दिललिराम शर्माले  छलफल कार्यक्रमले अवको दिनमा काम गर्न सहज हुने र अवको जिम्मेवारि सहरि विकाश मन्त्रालयले लिने बताउनुभयो । ४८० वर्ग किमिमा राजधानी वस्ने जनाइएको छ  ।

    अवको तीन महिना भित्र सम्पूर्ण गुरूयोजनाको काम सम्पन्न हुने वारे प्रदेश पुर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर अनन्त राज घिमिरेले जानकारी दिए ।गुरूयोजना निर्माण कार्यका लागि युनाइटेड नेसनको सहयोगमा स्पेन बाट सहरि विकास विज्ञ प्रोफेसर हमिन सावते सहितको टिमले सहयोग गर्दै आईरहेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology