Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

  • 3.0K
    SHARES

  • बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

    बुटवल,कार्तिक १० ।

    बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो राजीनामा दिएकी छन्। बुधबार बागमती प्रदेश सभामा सम्बोधन गर्दै शाक्यले राजीनामा दिएको घोषणा गरेकी हुन्।

    संविधानको धारा १६९ (१०) क मा भएको व्यवस्था अनुसार मैले आज यो ठाउँमा मुख्यमन्त्रीको नाताले, सरकारको सिंगो नेतृत्वको नाताले मार्ग प्रशस्त गरेको छुु, उनले  भनिन्।

    गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएको शाक्यको दल नेकपा एमाले विभाजनसँगै अल्ममतको सरकार चलाउँदै आएकी थिइन्।

    तर, पार्टी विभाजनसँगै विश्वासको मत लिनुपर्ने बाध्यताका कारण उनले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। जसमाथि कात्तिक ४ गते नै छलफल भएको थियो। सो प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले आज राजीनामा घोषणा गरेकी हुन्।

    उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology