बुटवल,असोज १५ -
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शिक्षा शाखामा ताला लगाउन पुगेका नेपाल विद्यार्थी संङ्घका नेता कार्यकर्तालाइ प्रहरीले अवराेध पुर्याएकाे छ । लगत्तै नेविसंघले नगरपालिका परिसर भित्र टायर बाली नारा जुलुस समेत गरेको छ ।
कोभिड १९ को महामारीका कारण बन्द रहेका निजी तथा सामुदायिक शैक्षिक संस्थाले विद्यार्थीसंग अनलाईन पढाएको भनी रकम असुली गरेकोप्रति विरोध जनाउंदै नेविसंघले विद्यार्थीसंग असुली गरेको रकम फिर्ता गर्न माग गरेको छ ।
त्यस्तै, शैक्षिक संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीलाई आधारभुत पारिश्रमिक दिन पनि माग गरेको नेवीसंघका केन्द्रिय उपाध्यक्ष मुक्ति पौडेलले बताए ।
‘साथै स्थानिय सरकार, प्रदेश सरकार र संघीय सरकारसंग विद्यार्थीको भविष्यसंग सरोकार रहेको विषयमा गम्भिर हुन ध्यानाकर्षण गराएको छ, उनले भने, माग सम्बोधन नभए जस्तोसुकै आन्दोलन गर्न पनि नेविसंघ तयार छ ।’
यसअघि, नेविसंघले तिलोत्तमा नगरपालिकामा शान्तिपुर्ण रुपमा ज्ञापनपत्र बुझाई नगरपालिकाको शिक्षा शाखा शिल गर्ने क्रममा नगर प्रहरीले हातपात गरेपछि नगरपालिकाको परिसरमा टायर जलाउनुका साथै नारा जुलुस गरेको नेविसंघ सिद्धार्थ गाैतम बुद्ध क्याम्पसका इकाइ सभापति महेश शर्माले बताए ।
यसअघि बुटवल उपमहानगरमा पनि ज्ञापनपत्र बुझाइएकाे नेविसंघ सिद्धार्थ गाैतम बुद्ध क्याम्पसका इकाइ सचिब दीपक घिमिरेले बताए ।
अन्य नगरमा कम शुल्क भएपनि तिलोत्तमाले असार देखिनै लागू हुनेगरी ७५ प्रतिशत कायम गरेको र सो को विरोध गर्दा प्रहरी परिचालन गरी हामीलाई रोक्यो, उनले भने, जनपथ, नगर र शसस्त्र प्रहरी खटाएर प्रशासनले बल प्रयोग गरेको थियो ।
नगरपालिकाले भने पूर्व सूचना तथा जानकारी बिना एक्कासी ताला लगाउन आएको हुंदा रोकिएको बताएको छ । नेपाल विद्यार्थी संघले जुलुसपछि बसेको वार्तामा निश्कर्ष ननिस्किएपछि नेविसंघले तालाबन्दी नखोल्ने चेतावनी दिएको नेता चिरञ्जिबी बस्यालले बताए । कार्यक्रममा नेबिसंघ नेताहरु सुरज क्षेत्री, सन्दिप पाण्डे लगायत बाक्लाे संख्यामा बिद्यार्थीकाे उपस्थिती रहेकाे थियाे ।
नगरप्रमुख वासुदेव घिमिरेले शिक्षा समितीबाट गरिएको निर्णयमा कार्यपालीकाको बैठक बसी पुन ः अध्ययन गरी निर्णय सार्वजनिक गर्ने जनाएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)