बुटवल,असाेज ३१ ।
गृहमन्त्री बालकृष्ण खाँण साेमबार रुपन्देही आउने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रीपरिषद्मा २९ असारमा गृहमन्त्री नियुक्ति भएपछि उनी गृहजिल्ला आएका छैनन् ।
उनी कार्तिक १ गते साेमबार बिहान १० बजे गृहमन्त्रीको हैसियतमा पहिलोपटक गृह जिल्ला रुपन्देही आउन लागेका हुन् । गृहजिल्लामा उनी बिभिन्न कार्यक्रममा सहभागि हुने छन् ।
कांग्रेसले बिहान १०:३० बजे मन्त्री खाँणलाई बधाई तथा सम्मान कार्यक्रम राखेको कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले नागरिक अनलाइनलाई जानकारी दिए । गृहमन्त्री खाँणको सम्मानमा पार्टी कार्यालय भैरहवामा साेमबार बिहान १० बजे सम्मान तथा भेटघाट कार्यक्रम राखिएको कांग्रेसले जनाएको छ ।
उनी त्यसपछि २:३० बजे नेपाली कांग्रेसका स्वर्गिय नेता प्रेम खरेलको शोक सभामा सहभागि हुनेछन् । स्व. खरेलको तिलाेत्तमा ४ स्थित घरमा शाेकसभा हुने सचिव रामकृष्ण खाँणले जानकारी दिए ।
खरेलको असाेज २३ गते उपचारको क्रममा भारतमा निधन भएको थियो ।
यी पनि पढाैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)