Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दशैँको दिनमै ८ जना कोरोना संक्रमितको मृत्यु,७७७ जना संक्रमणमुक्त

दशैँको दिनमै ८ जना कोरोना संक्रमितको मृत्यु,७७७ जना संक्रमणमुक्त

  • 1.8K
    SHARES

  • दशैँको दिनमै ८ जना कोरोना संक्रमितको मृत्यु,७७७ जना संक्रमणमुक्त

    बुटवल,असोज २९ ।

    पछिल्लो २४ घण्टामा देशभर २७२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। आरटी–पीसीआर र एन्टिजेन विधिबाट गरी ४ हजार ७१२ जनाको नमूना परीक्षण गर्दा २७२ जनामा संक्रमण पुष्टि भएको हो। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९२ जनाको पीसीआर परीक्षण गर्दा २४० जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, २ हजार ६२० जनाको एन्टिजेन परीक्षण गर्दा ३२ जनामा संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभर गरी ७७७ जना कोरोना संक्रमण मुक्त भएका छन्। 

    शुक्रबार थपिएका समेत गरी नेपालमा हालसम्म ८ लाख ९७ हजार ८६१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये ७ लाख ७९ हजार ९३१ जना निको भएका मन्त्रालयले जानकारी दिएको छ। 

    मन्त्रालयका अनुसार गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २७७ पुगेको मन्त्रालयले जानकारी दिएको छ। 

     

     

     

     


    देशभर हाल १३ हजार ३०८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology