Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

मोतिपुर जग्गा अतिक्रमणप्रति एमाले बुटवलको आपत्ति

मोतिपुर जग्गा अतिक्रमणप्रति एमाले बुटवलको आपत्ति

  • 10.8K
    SHARES

  • मोतिपुर जग्गा अतिक्रमणप्रति एमाले बुटवलको आपत्ति

    बुटवल,असोज १७ ।

    बुटवलको मोतिपुर औद्योगिक कोरिडोरको जग्गा अतिक्रमण गरिएकोप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले बुटवल उपमहानगर कमिटीले आइतबार विज्ञप्ती जारी गर्दै मोतिपुर औद्योगिक कोरिडोर लगायत विभिन्न सार्वजनिक जग्गामा भइरहेको अतिक्रमणप्रति आपत्ति प्रकट गरेको हो ।

    एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीद्वारा जारी विज्ञप्तीमा वर्तमान सत्ता गठबन्धनको आडमा अतिक्रमण भैरहेको भन्दै यसलाई रोक्न र अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलव्ध गराउन माग गरिएको छ ।

    “नेपालको संविधानको धारा ४० (५) ले ग्यारेन्टी गरेको भूमि तथा आवासको अधिकारलाई कुण्ठित गर्ने गरी वर्तमान सरकाले गरेको षडयन्त्रप्रति एमाले गम्भीर आपत्ति ब्यक्त गर्दछ”–विज्ञप्तीमा भनिएको छ ।

    पुर्ववर्ती नेकपा एमालेको सरकारले भूमि ब्यवस्था ऐन, कानुन बमोजिम गठन गरेको आयोगलाई एमालेसँग प्रतिशोध लिने गरी निस्क्रिय बनाउनु भूमिहिन नागरिकप्रति वर्तमान सरकारले गरेको गम्भीर घात भएको ठहर गर्दै विज्ञप्तीमा भूमिहिन सुकुम्बासी अब्यवस्थित वसोवासीहरुको समस्या समाधान गर्न र सार्वजनिक जग्गा संरक्षण गर्न ध्यानाकर्षण गराइएको छ ।

    uml baburam.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology