Logo बिहिवार, आश्विन १ गते २०८३
images

युवा संघ तिलोत्तमा–१४ मा नयाँ नेतृत्व,अमित बने अध्यक्ष

युवा संघ तिलोत्तमा–१४ मा नयाँ नेतृत्व,अमित बने अध्यक्ष

  • 2.0K
    SHARES

  • युवा संघ तिलोत्तमा–१४ मा नयाँ नेतृत्व,अमित बने अध्यक्ष

    बुटवल,असाेज १७ ।

    राष्ट्रिय युवा संघ तिलोत्तमा नगर कमिटीको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नम्बर १४ को वडा भेला सम्पन्न भएको छ । संघका तिलोत्तमा  नगर कमिटी अध्यक्ष दिपेश कंडेलको अध्यक्षतामा भएको भेलाको उदघाटन एमाले जिल्ला सचिवालय सदस्य, प्रचार विभाग प्रमुख एवं तिलोत्तमा नगर कमिटी अध्यक्ष मोहन चापागाईंले गरेका थिए । 

    भेलाले अमित थापाको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा सिद्धार्थ सेन्चुरी, दिपक दर्लामी, जीवन भुर्तेल, महालक्ष्मी गुरुङ रहेका छन् भने सचिवमा रवि अर्याल, कोषाध्यक्षमा योगेश चौधरी र सहसचिवमा सुजन मल्ल रहेका छन् ।
    त्यस्तै सदस्यहरुमा अरुण पाण्डे, अभिषेक खरेल, प्रेम गुरुङ, नारायण भण्डारी, जितेन्द्र केवट, विशाल थारु, तोरन छन्तेल, गोविन्द क्षेत्री, श्याम चौधरी, पदम पौडेल क्षेत्री, शशि परियार, सुमन कार्की, नारायण सापकोटा, किरण भुसाल रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा राज पुन, ममता थारु, विनोद राना लगायत रहेका छन् ।

     भेलाको उदघाटन गर्दै एमाले जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागाईंले समसामयिक राजनीतिक परिस्थितिबारे चर्चा गर्दै आगामी निर्वाचनको तयारीमा जुट्न युवा संघलाई आग्रह गरे । उनले पार्टीलाई चौतर्फी घेराबन्दी गर्न खोजिएको भन्दै जस्तोसुकै परिस्थितिका बाबजुद पनि आगामी निर्वाचनपछि एमाले थप बलियो भएर आउने बताए ।

    भेलामा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य पिैया भण्डारी, कैलाश रोका, युवराज पराजुली, जिल्ला कार्यालय सदस्य इश्वर न्यौपाने, छत्रदेव पाण्डेय, सपना सुडारी, राजकुमार क्षेत्रीलगायतले आ–आफ्नो धारणा राखेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology