Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दाङमा राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नेकाे लहर

दाङमा राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नेकाे लहर

  • 4.8K
    SHARES

  • दाङमा राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नेकाे लहर

    बुटवल,असोज १३- 

    दाङकाे   घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा ठूलो संख्यामा त्यहाका स्थानीय  राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् ।

    पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्य बाट पार्टीको सदस्यता लिदै उनीहरु पार्टी प्रवेश गरेकाे जिल्ला अध्यक्ष गणेश आचार्यले बताए । 

    टार्जन गिरीको नेतृत्वमा प्रवेश गर्ने हरुमा सुदन रावत, गनबिर गिरी, प्रदेशु चौधरी , साबित्रा गीरी, दिल बहादुर पुरी, दामोदर पुरी, सन्देश खत्री, सर्जन पुरी, लालबहादुर पुरी, अमृत रोका, झरना रोकाय, सेर बहादुर गीरी, प्रमिला पुरी, बल बहादुर वलि, पुर्ण बहादुर रोकाय, अमर गीरी, पार्बती रावत लगायत छन् ।

    उक्त प्रवेश कार्यक्रममा आफ्ना धारणाहरु राख्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले अबको बैकल्पिक शक्ति राष्ट्रिय जनमोर्चा हो र पार्टीको निस्कलङ्क छवि र क्रान्तिकारी बिचार जनताले बुझेकाे बताए । उनले कसैकाे पनि भ्रमको राजनीति धेरै नचल्ने बताए ।  ।

    उक्त कार्यक्रममा नगर अध्यक्ष हरी खरेल र अखिल नेपाल युबक संघ घोराही नगर उपाध्यक्ष सुमन घर्तीले पनि आफ्ना धारणाहरु राखे ।

    22.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology