बुटवल,असोज १४ ।
नेपाली कांग्रेस बुटवल ६ को नवनिर्वाचित कार्यसमिति एवं क्षेत्रीय प्रतिनिधिहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत यही असोज ९ गते भएको पालिका अन्तर्गतको अधिबेशनबाट निर्वाचित निर्वाचित पदाधिकारी र सदस्यहरुलाई एक कार्यक्रमका विच पदस्थापन सहित प्रमाण पत्र वितरण गरिएको हो ।
वडा सभापति ताराप्रसाद ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस रूपन्देही सचिव खांणले नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो दलका रुपमा स्थापित गर्ने गरी संगठन निर्माणमा लाग्न आग्रह गर्नुभयो ।
नगर सभापति खेलराज पाण्डेयले आगामी निर्वाचनमा बुटवलका सबै वडामा नेपाली काँग्रेसले विजय हासिल गर्ने गरी संगठन निर्माणमा लाग्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा सचिव खांण ,बुटवल नगर सभापति खेलराज पाण्डेय ,बालकुमारी भण्डारी ,जमुना ढकाल लगायतले निर्वाचित सबैलाइ खादा, अविर र प्रमाण पत्र प्रदान गरी सम्मान गर्नु भएको थियो ।
कार्यक्रम सचीव रमेश न्यौपानेको संचालनमा भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)