Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रदेशसभा नियमावली संसोधन समितीको सभापतिमा श्रेष्ठ

प्रदेशसभा नियमावली संसोधन समितीको सभापतिमा श्रेष्ठ

  • 2.7K
    SHARES

  • प्रदेशसभा नियमावली संसोधन समितीको सभापतिमा श्रेष्ठ

    बुटवल,असाेज ११-

    प्रदेश  नं ५को प्रदेशसभाद्धारा गठित प्रदेशसभा नियमावली २०७४ संसोधन मस्यौदा समितीको सभापतिमा भोजप्रसाद श्रेष्ठ चयन भएका छन ।

    प्रदेश सभाको असोज ८ गते सम्पन्न प्रदेशसभा बैठकले प्रदेशसभा नियमावली २०७४ संसोधन गर्ने भन्दै ८ सदस्यीय बिशेषाधिकार सम्पन्न मस्यौदा समिती गठन गरेको थियो ।

    समितीका सदस्यहरुको असोज १० गते शनिवार सम्पन्न बैठकले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टि नेकपाकातर्फबाट रुपन्देही क्षेत्र नं २ ख बाट निर्वाचित सदस्य श्रेष्ठलाई सभापतीको रुपमा चयन गरेको हो ।

    समितीमा सत्तारुढ नेकपाका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्यहरु पार्वती पुन, चेतनारायण आचार्य र रेवतीरमण पौडेल,तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरु  रमा अर्याल, बसिउद्धिन खांन, र सहष्रराम यादव  रहेका छन ।

    समितीले बिज्ञहरु संग छलफल गरेर उनीहरुको राय सल्लाह र सुझावका आधारमा प्रदेश सभा नियमावली २०७४ लाई संसोधनको लागि मस्यौदा तयार गर्ने सभापती श्रेष्ठले बताए ।

    बिगतमा भएको नियमावलीमा अधिकांश दफाहरु बाझिएको र कतिपय अब्यवहारीक समेत भएकोले तिनीहरुलाई ब्यवहारीक  बनाउन संसोधन आवश्यक रहेको भन्दै संसोधनका लागि दवाव पर्दै आएको थियो ।

    समितीले आगामी हिउदे अधिवेशनको प्रारम्भमै आफ्नो प्रतिवेदन पेश गर्ने सभापती श्रेष्ठले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology