Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश : अजय शाही बने उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री,मन्त्रीहरूको जिम्मेवारी हेरफेर

लुम्बिनी प्रदेश : अजय शाही बने उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री,मन्त्रीहरूको जिम्मेवारी हेरफेर

  • 4.0K
    SHARES

  • लुम्बिनी प्रदेश : अजय शाही बने उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री,मन्त्रीहरूको जिम्मेवारी हेरफेर

    बुटवल,भदौ १८ ।

    लुम्बिनी प्रदेशको माैजुदा मन्त्रीपरिषद्मा हेरफेरसहित कार्यविभाजन भएको छ ।  प्रदेश प्रमुख कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार यसअघि ग्रामीण तथा शहरी विकास मन्त्री रहेका डिल्लीबहादुर चौधरीलाई पर्यटन समेत थपेर पर्यटन, ग्रामीण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्कालाई सहकारी मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ ।

    यस्तै यसअघि विना विभागीय मन्त्री बनेका अजयबहादुर शाहीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएको छ। जसपाका दुई मन्त्री पुरमति ढेंगा र सुमन शर्मा रायमाझी विना बिभागीय नै छन् ।

    मुख्यमन्त्री केसीले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय,वन वातावरण तथा भू–संरक्षण मन्त्रालय, शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गरी ९ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

    यस्ताे छ हेरफेरसहित कार्यविभाजन : 

    Lumbini-Prov.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology