Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एकीकृत समाजवादी पार्टी रोज्दै बागमतीका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

एकीकृत समाजवादी पार्टी रोज्दै बागमतीका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

  • 3.9K
    SHARES

  • एकीकृत समाजवादी पार्टी रोज्दै बागमतीका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

    बुटवल,भदौ १६ । 

    बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् ।

    नेकपा एमालेका तर्फबाट मन्त्री बनेका उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि बुधबार मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

    खनालले राजीनामा दिएपछि अब बागमती प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र छन् ।

    खनालसहितका बागमती प्रदेशसभाका १२ सदस्यले मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादी रोजेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology