बुटवल,भदौ १० ।
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यका भाइ राम आचार्य घरमै मृत अवस्थामा भेटिएका छन् । भीमका कान्छा भाइ ५९ वर्षीय राम सुनसरीको इनरुवास्थित घरमै बिहीबार मृत भेटिएका हुन् ।
आचार्य विराटनगरमा एमाले संसदीय दलका नेता चुनिएर मुख्यमन्त्रीका लागि शपथ लिने तयारी हुँदै गर्दा भाइको निधनबारे खबर आएको थियो ।
तत्कालीन मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्यलाई दलको नेता चुनिएको थियो । त्यसपछि उनलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । आचार्यलाई तत्काल भाइको निधनबारे जानकारी नदिइए पनि मुख्यमन्त्रीमा नियु्क्त हुनुअघि उनले थाहा पाएका थिए ।
आचार्यका भाइको के कारणले मृत्यु भएको भन्ने खुलिसकेको छैन । प्रहरी इनरुवास्थित घरमा पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)