Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनीका मेयर मनमोहन चौधरी लागे उपेन्द्र यादवतिर

लुम्बिनीका मेयर मनमोहन चौधरी लागे उपेन्द्र यादवतिर

  • 1.8K
    SHARES

  • लुम्बिनीका मेयर मनमोहन चौधरी लागे उपेन्द्र यादवतिर

    बुटवल,भदौ ४ ।

    रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा खुलेका छन् । यसअघि उनी महन्थ ठाकुर र राजेन्द्र महतो समूहमा थिए ।

    चौधरीले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए ।

    तत्कालीन राष्ट्रिय जनता पार्टीले स्थानीय तहको निर्वाचन बहिष्कार गरेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । जसपाको प्रथम केन्द्रीय समितिको बैठकमा पनि उनी सहभागी भएका थिए । दुई दिनसम्म चलेको बैठकको दोस्रो दिन उनी सहभागी भएका हुन् ।


    चौधरीले आफू यादव नेतृत्वकै पार्टीमा रहेको स्पष्ट पारेका छन् । उनले नेता चौधरी काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा आयोजित जसपाको प्रथम केन्द्रीय समितिको बैठकमा सहभागी भएका थिए । बैठक भदौ १ र २ गते भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology