बुटवल,भदाै १ ।
प्रमुख विपक्षी एमालेकाे अवरोधका कारण लुम्बिनी प्रदेश सभाको नवौं अधिवेसन स्थगित भएको छ । निर्धारित समय भन्दा डेढ घण्टा ढिला सुरु भएको प्रदेश सभा बैठक प्रमुख विपक्षी एमालेले अवरोध गरेपछि सभामुख पूर्णबहादुर घर्तिले भोलि दिउसो २ बजेम्मको लागि बैठक स्थगित गरेका हुन् ।
सुर्य चिन्ह लिएर चुनाव जितेका २ सांसद अजय शाही र बिमलाकुमारी ओलीलाई पदमुक्त गरी कारवाही गरिएको सुचना सुनाउनुपर्ने माग गर्दै एमालेले संसद अवरोध गरेको हो ।
सभामुखले बैठकको कारवाही अगाडी बढाउँदै गर्दा एमालेका सांसदहरुले टेबुल ठोकेर अवराेध गरे । मंगलबारको बैठक ६ मिनेट मात्रै चलेको हाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)