बुटवल,साउन ३१ ।
बिहीबारदेखि सक्रिय भएको नेपालको मनसुनी सक्रियता अझै केही दिन कायम रहने भएको छ।
मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक ढलपल नगरी रहेकाले नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्म नै मनसुनको सक्रियता एकनासको रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार मनसुनी सक्रियताले अबको केहीदिन देशका धेरै स्थानमा भारी वर्षा हुनेछ ।तीन दिनभन्दा बढी समय नै नेपालका अधिकांश भूभागमा भारी वर्षा हुने आँकलन गरिएको छ।
महाशाखाका अनुसार मुख्यगरी प्रदेश १,२ लुम्बिनी, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा पूर्ण बदलीको अवस्था छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)