Logo बुधवार, कार्तिक १२ गते २०८३
images

ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता पाउने नेपालमै पहिलो ब्रिटिस कलेज

ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता पाउने नेपालमै पहिलो ब्रिटिस कलेज

  • 2.4K
    SHARES

  • ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता पाउने नेपालमै पहिलो ब्रिटिस कलेज

    बुटवल,साउन २४ । 

    द ब्रिटिस कलेज (टीबीसी)ले एक स्वतन्त्र उच्च शिक्षा प्रदायकको रूपमा ब्रिटिस मान्यता परिषद ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता पाएको छ ।

    लामो समयदेखि नेपालमा युनिभर्सिटी अफ वेष्ट इंग्ल्याड तथा लिड्स बेकेट युनिभर्सिटीको सम्बन्धनमा शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको काठमाडौंको थापाथलीस्थित टीबीसीले बीएसीको मान्यता पाएको हो । यससँगै टीबीसी नेपालमा ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता प्राप्त गर्ने पहिलो कलेज बनेको छ ।

    बीएसीको टीमले कलेजको हरेक पक्षलाई शुक्ष्म ढङ्गले अध्ययन तथा अनुसन्धान गरेर टीबीसीलाई मान्यता दिएको हो । बीएसी आफैमा पनि प्रतिष्ठित संस्था रहेको कारणले गर्दा सामान्य त्रुटीहरु भेटिए पनि शैक्षिक संस्थाहरुलाई आफ्नो मान्यता दिँदैन । ब्रिटिस कलेजले पनि हरेक पक्षमा ध्यान दिएको कारणले गर्दा कठिन तरिकाले मान्यता प्राप्त गरेको हो ।

    बीएसीले शैक्षिक संस्थाहरुलाई मान्यता प्रदान गर्नका लागि कलेजको भौतिक संरचना, विद्यार्थी, कर्मचारीलगायत विषयहरुको जाँच गरेको थियो । टीबीसीले विद्यार्थी तथा कर्मचारीहरुलाई दिएको सुविधा, पाठ्यक्रम, कर्मचारीहरु, विभिन्न विभागहरु, भवनको संरचना, अनलाइन सेवा सुविधाहरु, विद्यार्थी भर्ना प्रकृया, विद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलाप तथा रोजगारीका अवसरहरु प्रदान गरेका कारण बीएसीको मान्यता पाएको हो ।

    यससँगै बीएसीले टीबीसीको साझेदार संस्थाहरु, सल्लाहकार समिति, सहयोगी प्यानलहरुको समूहलगायतको पनि जाँच गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology