Logo मंगलवार, श्रावण १२ गते २०८३
images

देशका ४९ जिल्लामा निषेधाज्ञा लागु : ३९ मा पूर्ण र १०जिल्लामा आंशिक !

देशका ४९ जिल्लामा निषेधाज्ञा लागु : ३९ मा पूर्ण र १०जिल्लामा आंशिक !

  • 5.9K
    SHARES

  • देशका ४९ जिल्लामा निषेधाज्ञा लागु  : ३९ मा पूर्ण र १०जिल्लामा आंशिक !

    बुटवल,भदाै १४-

    काेराेना महामारीका कारण  नेपालका ४९ जिल्लामा निषेधाज्ञा लागु गरिएकाे छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै निषेधाज्ञा लागु गरिएकाे गृह मन्त्रालयले जनाएको छ। जसमध्ये ३९ जिल्लामा पूर्ण तथा १० जिल्लामा आंशिकरुपमा निषेधाज्ञा जारी गरिएको मन्त्रालयका सुचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।

    पूर्ण निषेधाज्ञा भएका जिल्लामा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसहित सप्तरी, धनुषा, पर्सा, महोत्तरी, बारा, सुनसरी, सर्लाही, स्याङजा, सिरहा, रौतहट, धनकुटा, पाल्पा, रामेछाप, दोलखा, नवलपरासी पूर्व, सिन्धुपाल्चोक गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्यूठान, दैलेख, कन्चनपुर, डडेल्धुरा, तेह्रथुम, संखुवासभा, रुपन्देही, चितवन, बैतडी, कपिलवस्तु, नवलपरासी पश्चिम, डोल्पा, मोरङ, डोटी र दाङ छन्।

     त्यस्तै आंशिक निषेधाज्ञा  नुवाकोट, जुम्ला, दार्चुला, झापा, मकवानपुर धादिङ, तनहुँ, बाग्लुङ ,रुकुम पश्चिम र जाजरकोटमा लगाइएको छ।  उनका अनुसार पछिल्लो केहि दिनयता निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या कम भएको छ।

    सअघि ५१ जिल्लामा निषेधाज्ञा जारी गरिएकोमा गुल्मी,पाँचथर र कालिकोटमा निषेधाज्ञा हटाइएको छ। सरकारले जिल्ला तथा विभिन्न स्थानीय तहमा निषेधाज्ञा लगाउन सक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ। प्रशासनको समन्वयमा केही जिल्ला तथा स्थानिय तहहरुले निषेधाज्ञा जारी गरेको छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology