बुटवल,साउन १२-
निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि पार्टीभित्रै थप जाेडघटाउ शुरू भएको छ । सोमबार केन्द्रीय कार्यकारिणी परिषद्का बहुमत सदस्यको हस्ताक्षर यादवको पक्षमा देखिएपछि आयोगले उनलाई आधिकारिकता दिएको हो।
५१ सदस्यीय कार्यकारिणीय परिषदका ३४ जना सदस्यले यादवको पक्षमा सनाखत गरेका छन् भने १६ जनाले अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा हस्ताक्षर गरेका छन्। रेशम चौधरी भने तटस्थ बसेका छन्।
यादवले दलमा विवाद भएपछि गत असार ४ गते दलको आधिकारिकता माग गर्दै आयोगमा निवेदन दिएका थिए। साउन ३ र ७ गते भएको सुनुवाइपछि आयोगले सोमबार सनाखतमार्फत यादव पक्षलाई आधिकारिकता दिएको हो।
डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, महेन्द्रराय यादव, राजकिशोर यादव, गोविन्द चौधरी, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, अमृतादेवी अग्रहरी, रामनरेश राय यादव, राजेन्द्रप्रसाद श्रेष्ठ, नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकमारी यादव रहेकी छिन्।
त्यस्तै आलबाबु राउत, हिसिला यमी, हेमराज राई, गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा, रामसहायप्रसाद यादव, डम्मरु बल्लभ खतिवडा, प्रकाश अधिकारी, मोईस्तियाक राई, दुर्गा सोब, परशुराम बस्नेत,
प्रसान्त सिंह, भक्तबहादुर शाह, शुशिला श्रेष्ठ, विजयकुमार यादव, रमेशप्रसाद यादव, गजाधर रोहिता यादव र मनिषकुमार सुमन छन्।
महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, वृषेशचन्द्र लाल, जितेन्द्रप्रसाद सोनार, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, राजकुमार लेखी, केशबकुमार झा, अकवाल अहमद शाह, दानबहादुर विश्वकर्मा, निर्जला राउत र सुनीलकुमार झा छन् ।
रेशम चौधरी
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)