Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिनाउ बोर्डिङमा अनलाइन प्रविधिद्वारा विविध प्रतियोगिता सम्पन्न

तिनाउ बोर्डिङमा अनलाइन प्रविधिद्वारा विविध प्रतियोगिता सम्पन्न

  • 3.3K
    SHARES

  • तिनाउ बोर्डिङमा अनलाइन प्रविधिद्वारा विविध प्रतियोगिता सम्पन्न

    बुटवल-११ मा रहेको तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा अनलाइन प्रविधिद्वारा विविध प्रतियोगिताहरू सम्पन्न भएका छन्।

    विद्यार्थीहरूलाई पढाइका अलवा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरी उनीहरूमा रहेको अन्तर्निहित प्रतिभाहरूलाई प्रस्फुटन गर्ने मुख्य अभिप्रायले सञ्चालित उक्त कार्यक्रमको अध्यक्ष विद्यालयका संस्थापक अध्यक्ष यज्ञमूर्ति पाण्डेले गर्नुभएको थियो।

    प्रमुख अतिथि विद्यालयकी प्राचार्य सीता पाण्डे र विशिष्ट अतिथिमा विद्यालयका सहप्राचार्य ईश्वरीप्रसाद पाण्डे तथा विद्यालयका संयोजक बाबुराम सुवेदी रहनुभएको थियो ।

    कक्षा नर्सरीदेखि कक्षा ९ सम्म विद्यार्थीहरूका लागि तहगत रुपमा छुट्टाछुट्टै कार्यक्रमहरू आयोजना गरिएको थियो। कक्षा नर्सरी एल के जी र युकेजीका विद्यार्थीहरूको लागि अनलाइन चित्रकला प्रतियोगिता, कक्षा २ देखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि कोभिड-१९ का असर र रोकथामका उपाय शीर्षकमा अनलाइन वक्तृत्वकला प्रतियोगिता सञ्चालन भएको थियो।

    कक्षा ६ देखि कक्षा ९ सम्मका  विद्यार्थीहरूको लागि अनलाइन हाजिरीजवाफ प्रतियोगिता सुसम्पन्न भएका थिए । विभिन्न तहहरू गरी झण्डै चार सयभन्दा बढी प्रतिस्पर्धीहरूको उपस्थिति रहेको थियो।

    उपस्थित सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई स्वागत मन्तव्य राख्दै विद्यालयकी प्राचार्य सीता पाण्डेले विद्यालयले यो महामारीको समयभन्दा पहिला नियमित रुपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयाे ।

    विद्यालयका संस्थापक अध्यक्ष  यज्ञमूर्ति पाण्डेले कोभिड-१९ ले आक्रान्त पारेको यो विषम परिस्थितिमा विद्यार्थीहरू घरभित्रै थुनिएर रहनुपरेको बाध्यतामा अलिकति भए पनि उनीहरूलाई केही फरकपन दिन खोजिएको बताउनुभयो।

    उक्त कार्यक्रमको सञ्चालन शिक्षक कुलबहादुर क्षेत्री, शिक्षिकाहरू वसुन्धरा पन्थी, मुना ज्ञवाली तथा शर्मिला भण्डारीले गर्नुभएको थियो। वक्तृत्वकला प्रतियोगितामा विद्यालयका नेपाली विषय शिक्षक विश्वास भण्डारीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको  थियो भने कार्यक्रमको व्यवस्थापन  विद्यालयक कम्प्युटर शिक्षक  सुरज पौडेलले गर्नुभएको थियो ।

    खुल्ला चित्रकला प्रतियोगितातर्फ कक्षा नर्सरीतर्फ छात्र सुयाशं ढकाल प्रथम, छात्रा जेनिसा खनाल द्वितीय र छात्रा सलिसा श्रेष्ठले तृतीय स्थान हासिल गर्न सफल हुनुभएको थियो। कक्षा एल। के।जीतर्फ छात्रा नूरानी बाला चन्द प्रथम, छात्रा आकांक्षा पोख्रेल द्वितीय र छात्र रोहित पाण्डे मगरले तृतीय स्थान हासिल गर्न सफल हुनुभएको थियो।

    कक्षा युकेजीतर्फ  छात्र स्पर्श गुरुङ प्रथम,छात्र पृथ्वी सम्राट गुरुङ द्वितीय र छात्र अनमोल पाण्डेले तृतीय स्थान हासिल गर्न सफल हुनुभएको थियो। कक्षा एकतर्फ छात्र प्रतीक हमाल प्रथम, छात्रा प्रिन्सु आचार्य   द्वितीय र छात्र आविष्कार  फगामीले तृतीय स्थान हासिल गर्न सफल हुनुभएको थियो ।वक्तृत्वकलातर्फ  कक्षा ३ की छात्रा दिव्या ज्ञवाली प्रथम, कक्षा २ की छात्रा आरजना खनाल द्वितीय र कक्षा ५ का  छात्र श्रेयंश  भण्डारीले तृतीय स्थान हासिल गर्न सफल हुनुभएको थियो।

    त्यस्तै हाजिरीजवाफ प्रतियोगितातर्फ  सगरमाथा समूहका कक्षा ७ का छात्र प्राजिन थापा,कक्षा ६ की छात्रा सम्झना भण्डारी र कक्षा ७ का  छात्र  साहिल रिजालले प्रथम स्थान हासिल गर्न सफल  भएका थिए ।

    विभिन्न कार्यक्रममा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई प्रमाणपत्र  वितरण अनलाइन  प्रविधिकै माध्यमबाट गरिएको  विद्यालयका सहप्राचार्य  इश्वरी पाण्डेले जानकारी गराउनुभयो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology