Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरुको जिम्मेवारी हेरफेर,गृहसहित ७ मन्त्रालय विष्णु पौडेललाई

प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरुको जिम्मेवारी हेरफेर,गृहसहित ७ मन्त्रालय विष्णु पौडेललाई

  • 4.6K
    SHARES

  • प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरुको जिम्मेवारी हेरफेर,गृहसहित ७ मन्त्रालय विष्णु पौडेललाई

    बुटवल,असार १०-

    प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् ।भने  उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

    त्यस्तै मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

    मन्त्री बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

    मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

    यस्ताे छ नयाँ जिम्मेवारी :-

    new list.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology