Logo बिहिवार, आश्विन १ गते २०८३
images

महामारीमा स्वयंसेवी रक्तदाता समाजको झन् सक्रियता ,१३५ पिन्ट रगत संकलन

महामारीमा स्वयंसेवी रक्तदाता समाजको झन् सक्रियता ,१३५ पिन्ट रगत संकलन

  • 3.1K
    SHARES

  • महामारीमा स्वयंसेवी रक्तदाता समाजको झन् सक्रियता ,१३५ पिन्ट रगत संकलन

    बुटवल,जेठ ३०-

    नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले अर्घाखाँची पुगेर बृहत् रक्तदान कार्यक्रम गरेको छ । एकैदिन दुई स्थानमा भएको रक्तदानमा १३५ पिन्ट रगत संकलन भएकाे हाे ।

    रक्तदान कार्यक्रम शहर केन्द्रित मात्र नभएर गाउँमा पनि विस्तार गर्ने उद्देश्य सहित अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरिएको बृहत् रक्तदान कार्यक्रममा १२ जना महिला सहित ७० जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका छन् । जसमा ९० प्रतिशतभन्दा धेरै रक्तदाताहरुले पहिलो  पटक रक्तदान गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखा अध्यक्ष कृष्ण चौहानले बताए ।
    नेपाल विद्यार्थी संघ अर्घाखाँचीको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखा अध्यक्ष कृष्ण चौहानको अध्यक्षता र सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई नेपाल विद्यार्थी संघ अर्घाखाँचीका सभापति भरतमणि भट्टराईले संयोजन गरेका थिए ।

    यता बुटवल ब्लड बैंकमा ९९ औं नियमित रक्तदान कार्यक्रममा ६५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक हरि ज्ञवालीले बताए । लिम्घा रुपन्देही सम्पर्क समाज सह-आयोजक रहेको उक्त कार्यक्रमलाई डल्ले बुटवल रेष्टुरेन्टले प्रायोजन गरेको थियो । 2 bloo.jpg

    दुबै कार्यक्रमलाई सफल बनाउन नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका उपाध्यक्ष भीष्म केसी लगायतका पदाधिकारी तथा व्लड बैंकका प्राविधिक हरि सापकोटा र चन्द्र बहादुर झेडिको विशेष भुमीका रहेको स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology