Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गण्डकीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले दिइन् २४ घण्टाको समयसीमा

गण्डकीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले दिइन् २४ घण्टाको समयसीमा

  • 4.2K
    SHARES

  • गण्डकीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले दिइन् २४ घण्टाको  समयसीमा

    बुटवल,जेठ २८-

    गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रकृया शुरु भएको छ ।  प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी छन । संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान प्रदेश प्रमुखबाट भएको हो ।

    गण्डकीका मुख्यमत्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि आह्वान भएको हो । 

    वैकल्पिक सरकार गठनका लागि उनले दलहरुलाई २४ घण्टाको समय दिएकी छन् । प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बास्तोलाका अनुसार प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा शनिबार दिउँसो ३बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा छ ।

    जेठ २७ गते मुख्यमन्त्रीले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्विकृत भएको थियो । उक्त प्रस्तावको पक्षमा २७ मात्र मत परेका कारण गुरुङले आफ्नो सरकार जोगाउन सकेनन् ।

    gandaki.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology