Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रपति र प्रधानमन्त्रीलाई बयलगाढामा अमेरिकाकाे सवारी !

राष्ट्रपति र प्रधानमन्त्रीलाई बयलगाढामा अमेरिकाकाे सवारी !

  • 9.3K
    SHARES

  • राष्ट्रपति र प्रधानमन्त्रीलाई बयलगाढामा अमेरिकाकाे सवारी !

    बुटवल,जेठ १७-

    नेपाल विद्यार्थी संघले रूपन्देहीमा सरकारबिरुद्ध सांकेतिक बिराेध प्रदर्शन गरेको छ । बुटवल १२ तामनगरमा चाेकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रि केपी शर्मा ओलीको तस्वीर बनाएर बयलगाढामा सवार गराएका छन् ।

    ओलीले नेपालमा गणतन्त्र आउनु बयलगाढा चढेर अमेरिका गए जस्तै हो भनी दिएको अभिब्यक्ति र संविधान विपरित काम गर्ने प्रधानमन्त्रीलाई साथ दिएको भन्दै राष्ट्रपति भण्डारीको कार्यशैलीको बिराेधमा व्यंग्यात्मक र सांकेतिक बिराेध प्रदर्शन गरिएको नेपाल विद्यार्थी संघले जनाएको छ ।

    उनीहरुले प्रदर्शनसंगै प्रधानमन्त्री र राष्ट्रपतिको राजिनामा समेत माग गरेका छन् । कोरोना महामारीमा समेत नागरिकको स्वास्थ्य भन्दा राजनीतिक खिचातानीलाई प्राथमिकता दिई जनताको हित विपरित काम गरेको भन्दै बिराेध गरिएको नेविसंघका नेता सुदिप शर्माले बताए ।

    बिराेध प्रदर्शनमा  सुन्दर अर्याल , दीपक घिमिरे ,सागर घिमिरे सृजना गरी , नारायण पोखरेल, अमृत भण्डारी, मनिष श्रेष्ठ, सुजु घले,  सुमन गुरुङ, लक्ष्मण न्यौपाने ,सुरज श्रेष्ठ लगायतको सहभागिता थियो । 

    bayal gada.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology