Logo बिहिवार, आश्विन १ गते २०८३
images

सत्तारूढ नेकपा र विप्लवका कार्यकर्तालाइ पार्टी प्रवेश गराउदै शाहले भने-‘जनताका मुद्धा लिएर अब कांग्रेस सडकमा उत्रिन्छ’

सत्तारूढ नेकपा र विप्लवका कार्यकर्तालाइ पार्टी प्रवेश गराउदै शाहले भने-‘जनताका मुद्धा लिएर अब कांग्रेस सडकमा उत्रिन्छ’

  • 3.1K
    SHARES

  • सत्तारूढ नेकपा र विप्लवका कार्यकर्तालाइ पार्टी प्रवेश गराउदै शाहले भने-‘जनताका मुद्धा लिएर अब कांग्रेस सडकमा उत्रिन्छ’

    बुटवल,असाेज १- 

    सार्बजनिकलेखा समितिका सभापति एवं रुपन्देही क्षेत्र नम्बर ५ का सांसद भरत कुमार शाहले सरकारले जनताको पक्षमा केही काम नगरेको बताउदै कांग्रेस जनताका मुद्दामा सडकमा समेत उत्रिने बताएका छन ।

    नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा आयोजना पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै शाहले सरकारले लकडाउनको अवधिलाई सदुपयोग नगरेको आरोप लगाए ।

    उनले अन्य देशमा लकडाउन गरे पछि बिभिन्न भौतिक पूर्वाधारहरु निर्माण गरेको, अस्पताल, क्वारेन्टाईन लगायत निर्माण कार्यमा समय खर्चिए पनि नेपाल सरकार भ्रष्ट्राचारमै लिप्त रहेको आरोप लगाए । 

    प्रमुख प्रतिपक्षी भए पनि अहिले सम्म लकडाउनकै कारण सडकमा आएर बिरोध गर्न नसकेको बताउदै शाहले अब अति भएको टिप्पणी गरे । उनले अब कुनै  पनि कारणले कांग्रेस आन्दोलनमा नरोकि सडकमा आउने दावी समेत गरे ।

     नेकपा र विप्लव समूहका १० जना कार्यकर्ता कांग्रेसमा प्रवेश :

    नेपाली कांग्रेस जिल्ला कार्य रुपन्देहीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ५ अन्तर्गत सैनामैना नगरपालिकाका नेकपा र नेकपा (विप्लव) समूहका १० जना कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेका जिल्ला सचिव रामकृष्ण खाँणले जानकारी दिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology