Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अर्थमन्त्री पौडेलको वचन - ‘आगामी वर्षको बजेट कोभिड-१९ नियन्त्रणमा केन्द्रित हुनेछ’

अर्थमन्त्री पौडेलको वचन - ‘आगामी वर्षको बजेट कोभिड-१९ नियन्त्रणमा केन्द्रित हुनेछ’

  • 3.0K
    SHARES

  • अर्थमन्त्री पौडेलको वचन - ‘आगामी वर्षको बजेट कोभिड-१९ नियन्त्रणमा केन्द्रित हुनेछ’

    बुटवल, वैशाख ३१

    नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेट कोभिड-१९ लाई सामना गर्नेगरी ल्याउने बताउनुभएको छ ।  

    अर्थ मन्त्रालयमा पदबहालीपछि पत्रकारहरुस‍ंग कुरागर्दै अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड-१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशिल बनाउने संकल्पकासाथ बजेट ल्याउने बताउनु भएको हो । 

    उहाँले कोभिड-१९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने भन्दै कोभिड-१९ विरुद्धको लडाईँलाई थप सघन र प्रभावकारी बनाउने बताउनु भयो । 

    पौडेलले कोभिड-१९ बाट संक्रमित भएकाहरुको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरुलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
     
    पदभारसँगै अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गर्नु भएको थियो ।  

    पदभार ग्रहण गर्नुअघि अर्थमन्त्री पौडेललाई अर्थसचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, सहसचिवहरु लगायतले स्वागत गर्नु भएको थियो । 

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology