बुटवल,बैसाख २३-
कोरोनाले जनजीवन आहत बन्दा पनि सरकारले वेवास्ता गरेको भन्दै नेपाली कांग्रेस बुटवल नगर समितिको ध्यानाकर्षण भएको जनाएको छ।बिहीबार नगर सभापति खेलराज पाण्डेयले एक विज्ञप्ती जारी गर्दै असहज अवस्थामा जनताको जिउ जोगाउनको साटो सरकार आफ्नौ ध्याउन्नमा लागेको भन्दै आलोचना गरेका छन् ।
स्थानीय,प्रदेश र केन्द्र सरकार संकट समाधान गर्दै जनताको प्राण बचाउने भन्दा पनि आआफ्नै ध्याउन्नमा रहेकाले सरकार जनताको पक्षमा काम गर्ने कहिले हो ? भन्ने प्रश्न नगर सभापति पाण्डेको छ ।
बिरामीलाई अस्पताल पु¥याउन पाइदैन, पुर्याए पनि वेड पाउन गार्हो छ, वेड पाइहाले पनि प्रभावकारी उपचार छैन,स्थिति गम्भीर छ विज्ञप्तिमा भनिएको छ ।संकट समाधानमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै पार्टी पंक्तिलाई सहयोगमा जुट्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ । बुटवलमा केही दिन देखि अक्सिजन र वेड अभावका समाचार आइरहेकाछन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)