Logo बुधवार, कार्तिक १२ गते २०८३
images

एकल लोक नृत्य प्रतियोगिताको उपाधी लिजालाई

एकल लोक नृत्य प्रतियोगिताको उपाधी लिजालाई

  • 3.4K
    SHARES

  • एकल लोक नृत्य प्रतियोगिताको उपाधी लिजालाई

    बुटवल, चैत २३ ।

    जिल्ला स्तरीय अन्तर बिद्यालय एकल लोक नृत्य प्रतियोगिताको उपाधी लिजा मगरले उचालेकी छन् ।

    साधना सस्कृतिक कला केन्द्रको आयोजना तथा नत्यकर्मी सघं नेपाल रुपन्देहीको सह आयोजनामा भएको प्रतियोगिताको बिमला पचभैया दृतिय, गङा राना तृतिय र सन्तवना स्वीकृति कौशल भएको कार्यक्रम संयोजक प्रियंका थापाले जानकारी दिईन् ।

    शनिबार तिलोत्तममा १० जना फाईनलिस्टको ग्राण्ड फिनालि भएको हो । रुपन्देहीका बिभिन्न बिद्यालयमा भएका अडिसनबाट छानिएका ४८ जना बिभिन्न चरणमा गरि टप टेन फाईनलिस्ट आएका हुन् ।

    प्रतियोगितामा बिजेता बनेकी लिजाले १० हजार, प्रमाणपत्र तथा मायाको चिनो, द्धितिय बिमला पचभैयाले ७ हजार, तृतिय गंगा रानाले ५ हजार र सान्त्वना स्वीकृति कौशलले ३ हजार पुरस्कार प्राप्त गरेको साधना सस्कृतिक कला केन्द्रका अध्यक्ष अनु रजकले जानकारी दिए । फागुन २८ गतेबाट शुरु भएको कार्यक्रमको निर्णयकमा नारायण थापा, सुन्दर गुरुङ र गिता थापा घिमिरे रहेका थिए ।

    फाईनल कार्यक्रममा प्याव्सन लुम्बिनी प्रदेशका सचिव लालहरी पाण्डे, बुटवल उद्योग बाणिज्य संघका महासचिव बिमलराज भट्टराई, अक्सफोर्ड माविका प्रीन्सीपल दिनेश भुषाल, लगायतले बोलेका थिए ।

    कार्यक्रममा उत्कृष्ट नगरपालिका भएको भन्दै केन्द्रका कलाकारले नगरपालिकाको कार्यालयको नमुना बनाएर नगरप्रमुख बासुदेब घिमिरेलाई प्रदान गरेका थिए । साथै कार्यक्रममा पत्रकारिता क्षेत्रबाट केन्द्रलाई सहयोग गरेको भन्दै कपिल ज्ञवालीलाई समेत सम्मान गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology