Logo मंगलवार, श्रावण १२ गते २०८३
images

उपेन्द्र यादवको दाबि : ‘ओलीसंग सति गईदैन,लगनगांठो कसिंदैन’ [भिडियाे सहित]

उपेन्द्र यादवको दाबि : ‘ओलीसंग सति गईदैन,लगनगांठो कसिंदैन’ [भिडियाे सहित]

  • 3.6K
    SHARES

  • उपेन्द्र यादवको दाबि : ‘ओलीसंग सति गईदैन,लगनगांठो कसिंदैन’ [भिडियाे सहित]

    बुटवल,चैत्र १३-

    नेपाल समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ओलीसंग कुनैहालतमा सत्ता साझेदारी नहुने प्रष्ट पारेका छन् ।

    संविधान बिरोधी,लोकतन्त्र र संघीयता बिरोधी,प्रतिगामी कदमसंग सत्ता साझेदारी,सतिजाने वा लगनगाठो नकसिने दाबि गरे ।प्रेस मञ्च नेपालले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका यादबले अहिलेको सरकार पूर्ण रुपमा असफल भैसकेको बताए । 

    अहिलेको ओली नेतृत्वको सरकार बिस्थापित गरेर प्रतिगमनको बिरुद्ध र लोकतन्त्रको पक्षमा रहेका दलहरु मिलेर नया सरकार गठन गरि निर्बाचनमा जानुपर्ने उनको भनाइ छ ।

    संघीय लोकतान्त्रीक गणतन्त्र बलियो बनाउनका लागि अब नया सरकार बनाउनुपर्ने उनको भनाइ छ ।कांग्रेस नताते सम्म अहिलेको समस्या समस्या समाधान हुन ढिलाइ भएको बताए । 

    जसपाका नेताहरु चौबिसै घण्टा बालुवाटारमा देखिने गरेकोबारे सोधिएको प्रश्नबारे उनले रेशम चौधरीको मुद्धा र राजबन्दी रिहाइको लागि मात्रै भएको र सत्तामा जानका लागि नभएको उनको दाबि छ ।

    उनले आफ्नो पार्टी नफुट्ने र कुनैपनि बहानामा केपि ओली र ओली प्रबृत्तिसंग साठंगाठं नहुने बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology