Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कोभिड संक्रमण रोकथामका लागि सीमा बन्द र लकडाउन गर्दैनाैँ : अर्थमन्त्री विष्णु पौडेल

कोभिड संक्रमण रोकथामका लागि सीमा बन्द र लकडाउन गर्दैनाैँ : अर्थमन्त्री विष्णु पौडेल

  • 4.7K
    SHARES

  • कोभिड संक्रमण रोकथामका लागि सीमा बन्द र लकडाउन गर्दैनाैँ : अर्थमन्त्री विष्णु पौडेल

    बुटवल, चैत १२ ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पारेका छन्।

    कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने बताएका हुन्।

    अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताएका हुन्। 

    उनले भने, ‘हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ। सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनु पर्ने छ।

    अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई नियमित र सुचारू पनि गर्नुपर्ने आवश्यकता छ। त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सुचारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौं। अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन। त्यो अहिले उपयुक्त पनि हुँदैन।’

    अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि बताए।  सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको र बजेटको तयारी पनि सुरू भइसकेको उनले बताए।

    कोभिडपछिको आर्थिक पुनरउत्थान, रोजगारी सिर्जना लगायतका विषयमा केन्द्रित भएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले बताए। 

    बिहीबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भने, ‘हामी बजेटको तयारीमा जुटेका छौं। सिद्धान्त र प्राथमिकताको तयारी करिब अन्तिम चरणमा आइपुगेको छ। सँगसँगै हामी बजेटको तयारीमा पनि जुटिनै रहेका छौं। समग्रतामा पछि बताउँला, उपयुक्त समयमा चर्चा गरौंला। मुख्य गरिकन हामी कोभिडपछिको आर्थिक पुनरउत्थान, रोजगारी सिर्जना जस्ता विषयमा बढ्ता केन्द्रित हुन्छौं।

    नेपाली अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन र गतिशील बनाउनका लागि गर्नुपर्ने निर्णहरू लिने गरी बजेट लिएर आउँछौं।’राष्ट्रिय प्राथमिकताका विषयहरूलाई निश्चित गर्ने र बजेट कार्यान्वयनलाई सुनिश्चितता गर्ने कुरालाई ध्यान दिएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे।

    उनले भने, ‘अहिले हामी दुइटा कुरामा केन्द्रित हुन चाहिरहेका छौं। बजेटले राष्ट्रिय प्राथमिकतालाई ठिक ढङ्गले चिनेर आउँछ। राष्ट्रिय सन्दर्भमा प्राथमिकताहरू ठिक ढंगले निश्चित गरेर आउँछ। दोस्रो, बजेट कार्यान्वयनको सुनिश्चितता गरिन्छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology