बुटवल,फागुन २८ -
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार बुटवल आउँदै छन् । प्रचण्ड विहान आठ बजेको उडानबाट बुटवलतर्फ आएका हुन् ।
बुटवलमा पार्टी कार्यकर्ता प्रशिक्षण तथा दलित पत्रकार संघको महाघिवेशन उद्घाटनको लागि प्रचण्ड बुटवल आएको जिल्ला सचिव निर्मल जीसीले नागरिक अनलाइनलाइ जानकारी दिए ।
बुटवलको क्लव डेनोभोमा प्रचण्डले दिउँसो १२ बजे कार्यकर्तालाई प्रशिक्षण दिनेछन् । यसअघि राष्ट्रिय दलित पत्रकार संघको कार्यक्रमको उद्घाटन हुनेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)