बुटवल,फागुन १७ -
प्रतिनिधिसभाको अधिवेशन २३ गते दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सूचना जारी गर्दै सोमबार बैठक आह्वान गरेकी हुन् ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गतेका लागि संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट विघटन गरिएको संसद सर्वोच्च अदालतको फैसलासँगै पुनर्स्थापित भएको छ । सोही अनुरुप फागुन ११ गते सर्वोच्च अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको थियो ।
सर्वोच्चको आदेश अनुरुप नै १३ दिनभित्रै संसद अधिवेशन बोलाइएको हो । पुनर्स्थापित प्रतिनिधिसभाको अबको बैठक विशेष रहने अपेक्षा गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)