Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपाको स्थायी कमिटी बैठकबाट अध्यक्षद्वयको प्रस्ताव पारित

नेकपाको स्थायी कमिटी बैठकबाट अध्यक्षद्वयको प्रस्ताव पारित

  • 2.8K
    SHARES

  • नेकपाको  स्थायी कमिटी बैठकबाट अध्यक्षद्वयको प्रस्ताव पारित

    बुटवल,भदाै २६- 

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को असार १० देखि जारी स्थायी कमिटी बैठक सकिएको छ। शुक्रबारको बैठकपछि बालुवाटारमा उपस्थित पत्रकारहरुलाई प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक अन्त्य भएको जानकारी दिए।

    बैठकले आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा पेश गरिएको प्रस्ताव पारित गरेको छ।प्रस्तावमाथि माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, रघु पन्त, लिलामणि पोखरेल, भीम रावल लगायतका १३ जनाले धारणा राखेका थिए। 

    सदस्यहरुले उठाएका सुझावलाई पनि समेट्ने गरी प्रस्तुत प्रस्तावहरुलाई पारित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

    शुक्रबारको बैठकको प्रारम्भमै प्रधानमन्त्री केपी ओली सम्बोधन गरेका थिए। उनले प्रतिक्रियावादीले पार्टी विभाजनका लागि तयारी गरेको भए पनि बैठकले एकताबद्ध भएर जवाफ दिएको धारणा राखेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, भाद्र २६ २०७७०६:१९:०३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology