Logo मंगलवार, श्रावण १२ गते २०८३
images

४४ औँ वीपी स्मृति दिवसमा नेपाली कांग्रेसको ग्रीन रन सम्पन्न

४४ औँ वीपी स्मृति दिवसमा नेपाली कांग्रेसको ग्रीन रन सम्पन्न

  • 117
    SHARES

  • ४४ औँ वीपी स्मृति दिवसमा नेपाली कांग्रेसको ग्रीन रन सम्पन्न

    काठमाडौं,साउन ६ ।

    नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले आज काठमाण्डौमा ‘ग्रीन रन’ प्रतियोगिता गरेको छ।

    ललितपुरको यूएन पार्कबाट शुरु भएको ५ किलोमिटर दूरीको दौडमा पुरुषतर्फ मुकेशबहादुर पाल प्रथम हुनुभएको छ। उहाँले प्रतियोगिताको निर्धारित दूरी १६ मिनेट १५ दशमलव ७ सेकेण्डमा पूरा गर्दै ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । नरेन्द्र सिंह रावल दोस्रो र सञ्जय श्रेष्ठ तेस्रो हुनुभएको छ ।

    महिलातर्फ सहभागीले निर्धारित रुट छोडेकाले पुनः सञ्चालन गरिने भएको छ । यसैअवसरमा ‘मानव सहायता कल्याण कोष’ स्थापनाको घोषणा गरिएको छ। यसैबीच ललितपुरमा भएको कार्यक्रममा सभापति गगन थापाले जलवायु परिवर्तनको विषयलाई देश विकासको मुख्य एजेण्डा बनाउनुपर्ने बताउनुभएको छ ।

    ‘जलवायु परिवर्तन र बीपीको विचार’ विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले सामाजिक न्याय, मानव कल्याण र नैतिक जिम्मेवारी बिनाको विकास अर्थहीन हुने उल्लेख गर्नुभयो । बीपी कोइरालाको ४५ औँ स्मृति दिवसका अवसरमा आज विभिन्न कार्यक्रम भैरहेका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology