Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रामचन्द्र पौडेलकाे खुलासा :‘प्रचण्डले प्रधानमन्त्रीको ‘अफर’ गर्दा पनि अस्वीकार गरेँ’

रामचन्द्र पौडेलकाे खुलासा :‘प्रचण्डले प्रधानमन्त्रीको ‘अफर’ गर्दा पनि अस्वीकार गरेँ’

  • 2.8K
    SHARES

  • रामचन्द्र पौडेलकाे खुलासा :‘प्रचण्डले प्रधानमन्त्रीको ‘अफर’ गर्दा पनि अस्वीकार गरेँ’

    बुटवल भदाै २५-

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो संविधानसभाको विघटनको रात पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बन्न अफर गरेको खुलासा गरेका छन्।

    उनले संविधानमा १० राज्यका पक्षमा सहमति जनाए प्रधानमन्त्रीमा माओवादीले समर्थन गर्ने प्रस्ताव प्रचण्डले आफूलाई गरेको खुलासा गरेका हुन्।तर आफूले जातीय राज्य नमान्ने अडान राखेको पौडेलको भनाइ छ।

    ‘बालुवाटारमा राति प्रचण्ड, तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई, माधव नेपाल, झनलाथ खनाल, केपी ओली हुनुहुन्थ्यो, प्रचण्डले रामचन्द्रजी दश वटा राज्यका पक्षमा सहमति जनाउनूस्, तपाईलाई प्रधानमन्त्री बनाउँछु भनेर प्रस्ताव गर्नुभयो,’ बीपी कोइरालाको १०७ औं जन्मजयन्तीका अवसरमा आयोजित भर्चुअल कार्यक्रममा पौडेलले भने, ‘तर मैले प्रधानमन्त्रीको कुर्सी त के, इन्द्राशन नै दिए पनि मान्दिन भनेर जवाफ दिएँ।

    किनकी जातीय आधारमा राज्य हुनुहुँदैन भन्ने मेरो मान्यता हो ।’ बालुवाटारमा सहमति नभएपछि त्यही रात तत्कालीन प्रधानमन्त्री भट्टराईले संविधान सभा विघटन गरेको पौडेलले उल्लेख गरे।उनले संविधानका कतिपय प्रावधानमाथि पार्टीभित्रैबाट उठिरहेका प्रश्नप्रति असहमति जनाए।

    संविधानका एक एक अक्षरमा लडाईं भएको छ।लोकतान्त्रिक संविधान बनाउन पार्टीकातर्फबाट प्रत्येक शब्दमा मैले बहस गरेको छु,’ उनले भने, ‘लोकतान्त्रिक संविधानको स्वामित्व हामीले लिनुपर्छ ।’  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology