बुटवल,चैत्र ३० ।
दुई दशक अघिदेखि दाँत, मुख, गिजा उपचारमा काम गरेर ख्याति कमाएको बुटवलको आधुनिक समाज डेन्टलले सेवा प्रहाहमा छुट दिने भएको छ । प्रालिले सर्वसुलभ शुल्कमा दातको सेवा प्रदान गर्दै आएको डेेन्टलले ०८३को शुरुवात् संगै सरकारी शुल्क र विपन्नलाई निःशुल्क अनिवार्य सेवा प्रदान गर्ने प्रालिका अध्यक्ष अमृत भुसाल बताए ।
‘हामीकहाँ ६६ वटा सेवा प्रदान गरिएको छ,’भुसाल भन्छन्,‘विपन्नदेखि, सम्पन्नसम्मका सबैलाई आधारभूत शुल्कमा सेवा प्रदान गर्दै आएका छौं । विपन्न परिवार र व्यक्तिलाई आधारभूत सेवा निःशुल्क पनि प्रदान गर्दै आइएको छ ।’
समग्र मुख स्वास्थ्यसम्बन्धी गुणस्तरीय सेवासँगै सचेतना अभियानमा समाज डेन्टलको योगदान महत्वपूर्ण रहेको छ । पछिल्लो ५ वर्षमा २५० भन्दा बढी सामुदायिक विद्यालय र संस्थागत विद्यालयमा निःशुल्क दात, शिक्षा, परीक्षण, उपचार र परामर्श प्रदान गरेको छ ।
यस्तै २५० भन्दा बढी व्यवसायिक सामाजिक, सरकारी र गैर सरकारी प्रतिष्ठानमा दन्त, शिक्षा, परीक्षण र उपचार प्रदान गरेको छ । मुख स्वास्थ्य महाअभियान प्रथम चरणबाट १५ हजार ६०० भन्दा बढीलाई सेवा दिएको छ ।
‘स्वस्थ नागरिक मात्र श्रम बजारमा सक्रिय र प्रभावकारी हुन सक्छ,’ भुसालले भने, ‘दातको सामान्य उपचारको लागि ठूलो रकम खर्च गरिरहेका छन् । तर, आधुनिक डेन्टर केयरले दातरोगको क्षेत्रमा योगदान पु¥याउन सबै वर्गको तह र तप्काको पहुँच पु¥याउने हाम्रो जोड हो ।’ कार्यक्रम निर्देशक माधव सापकोटाले समुदाय स्तरमा दाँत स्वास्थ्य सेचतना अभिवृद्धि, दीर्घकालीन जटिलता तथा खर्चमा कमी, उपचार गर्ने प्रवृत्तिको विकास उद्देश्यसहित अघि बढेको बताए ।
सामान्य स्वास्थ्य सतर्कताले जटिल रोगबाट बच्न सकिने सापकोटाले बताए । सर्वसुलभ र गुणस्तरीय उपचार सेवा प्रदान गरेर बिरामीको मन जित्नेमात्र नभई समाजमा मुख स्वास्थ्यबारे सचेतनामा आफूहरु सधैँ समाज रहेको उनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)