Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रधानमन्त्रीले निर्वाचन आयोगलाई धम्काएको भन्दै प्रचण्ड-माधवपक्षद्वारा खेद व्यक्त

प्रधानमन्त्रीले निर्वाचन आयोगलाई धम्काएको भन्दै प्रचण्ड-माधवपक्षद्वारा खेद व्यक्त

  • 1.8K
    SHARES

  • प्रधानमन्त्रीले निर्वाचन आयोगलाई धम्काएको भन्दै प्रचण्ड-माधवपक्षद्वारा खेद व्यक्त

    बुटवल,माघ २८-

    नेकपा दाहाल-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमा पुगेर धम्की दिएको भन्दै खेद व्यक्त गरेको छ। 

    काठमाडौंमा बुधबार भइरहेको विरोध सभामा नेकपा प्रचण्ड-नेपाल पक्षका स्थायी समिति सदस्य लिलामणि पोखरेलले खेद प्रस्ताव राखेका हुन्। पोखरेलको उक्त प्रस्तावलाई नेता तथा कार्यकर्ताले ताली बजाएर समर्थन गरेका छन्। 

    प्रधानमन्त्रीले पदीय हैसियत बिर्सेर आयोगलाई धम्की दिएको भन्दै पोखेरेलले सभामा नै सार्वजनिक रूपमा खेद प्रस्ताव राखेका हुन्। 

    हिजो निर्वाचन आयोगमा प्रधानमन्त्री ओली पुग्नुभो। निर्वाचन आयुक्तहरूलाई धम्काएर जानुभयो भन्ने सूचना प्राप्त गरेका छौं। पार्टी भनेको नै म हुँ, म प्रथम अध्यक्ष हुँ, मैले भनेको मान्नुपर्छ भनेर जानुभएछ। प्रधानमन्त्रीको पदीय हैसियतले गरेको यस घटनाप्रति खेद प्रस्ताव राख्न चाहन्छु, पोखरेलले भने।

    प्रधानमन्त्री ओली मंगलबार आयोगमा नेकपाका अन्य नेतासहित पुगेका थिए। सो क्रममा प्रधानमन्त्री ओलीले नेकपाको विवादभित्र प्रवेश नगरी निर्वाचनको तयारी अगाडि बढ्न भनेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, माघ २८ २०७७०५:१९:५२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology