काठमाडाैँ,चैत्र ९ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता भीम आचार्यसँग विशेष अदालतले धरौटी माग गरेको छ।
पूर्वमन्त्री आचार्य सोमबार विशेष अदालतमा उपस्थित भएका थिए। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो। उनी धरौटी बुझाउने प्रक्रियामा रहेका छन्।
उनी पर्यटनमन्त्री हुँदा विमानस्थलको लागत अस्वाभाविक रुपमा बढाएर अनियमितता गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २१ मा मुद्दा दर्ता गरेको थियो।
यस मुद्दामा ५५ जनालाई विपक्षी बनाइएको छ। उनीहरूबाट आठ अर्ब ३६ करोड रुपैयाँ बराबरको बिगो कायम गरी असुल उपर गर्न माग दाबी गरिएको छ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री तथा नेकपा ९एमाले०का नेता भीम आचार्यसँग विशेष अदालतले धरौटी माग गरेको छ।
पूर्वमन्त्री आचार्य सोमबार विशेष अदालतमा उपस्थित भएका थिए। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो। उनी धरौटी बुझाउने प्रक्रियामा रहेका छन्।
उनी पर्यटनमन्त्री हुँदा विमानस्थलको लागत अस्वाभाविक रुपमा बढाएर अनियमितता गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २१ मा मुद्दा दर्ता गरेको थियो।
यस मुद्दामा ५५ जनालाई विपक्षी बनाइएको छ। उनीहरूबाट आठ अर्ब ३६ करोड रुपैयाँ बराबरको बिगो कायम गरी असुल उपर गर्न माग दाबी गरिएको छ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)