Logo मंगलवार, श्रावण १२ गते २०८३
images

निर्वाचनलाई अवसरका रूपमा हाेइन,कांग्रेस संविधानको रक्षामा बढी चिन्तित छ :बालकृष्ण खाँण

निर्वाचनलाई अवसरका रूपमा हाेइन,कांग्रेस संविधानको रक्षामा बढी चिन्तित छ :बालकृष्ण खाँण

  • 3.5K
    SHARES

  • निर्वाचनलाई अवसरका रूपमा  हाेइन,कांग्रेस संविधानको रक्षामा बढी चिन्तित छ :बालकृष्ण खाँण

    बुटवल,माघ २७- 

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खांणले केपी शर्मा ओली प्रधानमन्त्री बनेदेखि नै संविधान प्रतिकुलको काम गर्न थालेको आरोप लगाएका छन् । उनले अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई बन्देज लगाउने कानून बनाउने कार्यमा प्रधानमन्त्री बनेदेखि नै ओली लागेको बताए ।

    लुम्बिनी प्रेस क्लब रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खांणले मानवअधिकार आयोग र राष्ट्रिय सुरक्षाको मुद्दालाई कमजोर बनाउन ओलीले विधेयक ल्याएको बताए ।

    नेपाली कांग्रेसले संसद विघटनविरुद्ध प्रतिनिधिसभा, प्रदेशसभा, गाउँ, नगर, पालिकास्तरीय क्षेत्रमा विभिन्न विरोधका कार्यक्रमहरु गरेको र आगामी फागुन ३ गते ७७ वटै जिल्लामै विरोध कार्यक्रम गनिे उनले बताए । सरकारले गरेको निर्णयलाई सच्याउनुपर्ने कांग्रेसको धारणा रहेको उनको भनाइ छ ।

    ‘संसद विघटनको मुद्दामा न्यायपालिकाले संविधानसम्मत र संविधानको प्रावधान अनुसार नै उचित निर्णय गर्ने हामीले आशा र भरोशा गरेका छौं, न्यायपालिका एउटा स्वतन्त्र र विवेकशील, संविधानसम्मत रुपमै गठित न्यायपालिका हो, न्यायपालिकाले कतिपय सन्दर्भमा संविधानको व्याख्या गर्छ, ’उनले भने ।
    कांग्रेसले निर्वाचनलाई अवसर भन्दा पनि संविधानको रक्षा कसरी गर्ने भन्ने विषयमा चिन्तित रहेको उनले बताए ।पूर्व रक्षामन्त्री समेत रहेका खांणले संविधानले कुनै अधिनायकवाद, सर्वसत्तावाद र निरंकुशतालाई प्रश्रय दिन नसक्ने बताए ।

    संविधानलाई रक्षा गर्ने कांग्रेसको कांधमा आएको उनले बताए ।कांग्रेसको कांधमा ठूलो जवाफदेहिता र जिम्मेवारी आएको उनको भनाइ छ ।  पुस ५ गते प्रधानमन्त्रीले संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष लगेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले ट्वीटमार्फत यो प्रस्ताव अलोकतान्त्रिक, असंवैधानिक कदम हो भनेर धारणा सार्वजनिक गर्नुभएकोले कांग्रेसको साझा धारणा नै यही रहेको उनले बताए ।

    उनले संसद विघटन कदमको विरोध गर्ने राजनीतिक पार्टीलाई धन्यवाद दिदैं लोकतन्त्र, शान्ति प्रक्रिया र संविधानको रक्षामा विश्वास गर्ने पार्टीसंग सहकार्य हुन सक्ने बताए ।

    उनले असंवैधानिक कदम चाल्नेसंग कसरी सहकार्य होला भन्दै प्रश्न गरे ।मुलुक सही दिशामा फर्किन्छ भन्नेमा कांग्रेस विश्वस्त रहेको उनको भनाइ छ । नेपाल जस्तो मुलुकमा तानाशाह र सर्वसत्तावाद चल्न नसक्ने उनले दावी गरे ।

    संवैधानिक परिषद्को नियुक्तिमा कांग्रेसको उपस्थिति नभएकोले त्यो निर्णयमा पार्टीको सैद्धान्तिक असहमति रहेको खांणले बताए । लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के.सी.को अध्यक्षता, उपाध्यक्ष सम्झना शर्माको स्वागत तथा महासचिव कमल रायमाझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology