Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आशा र अपेक्षासहित जनताले खन्याएको भोटको महसुस प्रत्येक दिन हुनुपर्छ : रवि लामिछाने

आशा र अपेक्षासहित जनताले खन्याएको भोटको महसुस प्रत्येक दिन हुनुपर्छ : रवि लामिछाने

  • 264
    SHARES

  • आशा र अपेक्षासहित जनताले खन्याएको भोटको महसुस प्रत्येक दिन हुनुपर्छ : रवि लामिछाने

    काठमाडौं, चैत्र ४ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आशा र अपेक्षासहित जनताले खन्याएर दिएको भोटको महसुस प्रत्येक दिन हुनुपर्ने बताएका छन्  ।

    “यो देश अहिले बनेन भने कहिले पनि बन्दैन भनेर साथीहरूले सोधेका छन्," ललितपुरको ग्वार्कोस्थित एक होटलमा जारी पार्टीको अभिमुखीकरण कार्यक्रममा लामिछानेले भने, "जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ ।”

    जुनसुकै धरातलबाट आए पनि चुनावमा विजयी सबैलाई उनले स्वागत गरेका छन् । रास्वपाभित्र सिंगो देशको अनुहार रहेको सभापति लामिछानेले बताए ।

    लामिछानेले रास्वपाबाट विजयी सबैलाई एउटै ट्रयाकमा लिएर जान अनुशासन आवश्यक हुने बताए । लामिछानेले भने, “डाक्टर, इन्जिनियर, सामाजिक अभियन्ता, कवि कलाकार, रोल मोडल, मोडल सबैजना हुनुहुन्छ । यति ठूलो परिवारलाई समायोजन गर्न, एउटै धारमा लैजान अनुशासनको अत्यन्त ठूलो खाँचो हुन्छ ।”

    साथै, उनले सञ्चारमाध्यममा अभिव्यक्ति दिनुअघि पार्टीपंक्तिसँग सल्लाह गर्न उनले निर्देशन दिए । “तपाईंहरूको मिडिया प्रेजेन्सप्रति कतै दुःखमनाउ गर्दिनँ,” उनले भने, “तर, आफू अभिव्यक्त हुनुभन्दा पहिला पार्टी पंक्तिसँग सरसल्लाह गर्नुहोला ।”

    सानो अभिव्यक्तिले देशका महत्त्वपूर्ण सम्बन्धमा आँच आउन नहुने उनको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology