Logo मंगलवार, श्रावण १२ गते २०८३
images

घरदैलोमा पुगेका उम्मेदवारलाई मतदाताले भने –‘आश्वासनले अघाएका छौँ,जितेपछि कामले पुष्टी गर्नुहोला’ 

घरदैलोमा पुगेका उम्मेदवारलाई मतदाताले भने –‘आश्वासनले अघाएका छौँ,जितेपछि कामले पुष्टी गर्नुहोला’ 

  • 414
    SHARES

  • घरदैलोमा पुगेका उम्मेदवारलाई मतदाताले भने –‘आश्वासनले अघाएका छौँ,जितेपछि कामले पुष्टी गर्नुहोला’ 

    बुटवल,फागुन ८ ।

    रुपन्देही क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेलले तिलोत्तमा नगरपालिका–५ र ६ मा घरदैलो कार्यक्रमलाई तीव्रता दिनुभएको छ । निर्वाचन आउन १३ दिन बाँकी रहँदा उहाँ मतदातासँग प्रत्यक्ष भेटघाट, संवाद र समस्याको पहिचानमा केन्द्रित हुनुभएको हो ।

    घरदैलोका क्रममा स्थानीय नागरिकले वर्षौंदेखि दोहोरिँदै आएका गुनासो खुलेर राखेका छन । कतै ढल निकासको समस्या, कतै सडक स्तरोन्नति अधुरो, कतै खानेपानीको अभाव, त कतै स्वास्थ्य सेवा र शिक्षाको गुणस्तरप्रति असन्तुष्टि सुनिएको छ ।

    युवा पुस्ताले भने “रोजगारका लागि विदेशिनुपर्ने बाध्यता बन्यो” भन्दै अवसर सिर्जनाको माग गरेका छन् । स्थानीय कृषकहरूले उत्पादनको उचित मुल्य पाउनुपर्ने, मल–बिउको अभाव र बजार व्यवस्थापन कमजोर भएको गुनासो गरे । साना व्यवसायीहरूले बैंकिङ सहजता र कर प्रणालीमा सुधार आवश्यक रहेको बताए ।

    तिलोत्तमा ५ र ६ मा चुन्नप्रसाद शर्मा पौडेलको घरदैलो सम्पन्न :

    chunnaaaa.jpeg

    यी गुनासो ध्यानपूर्वक सुन्दै पौडेलले आफू किसान परिवारबाट आएको र ब्यापार–व्यवसायमा संघर्ष गरेर स्थापित भएको व्यक्तिका रूपमा स्थानीयको पीडा नजिकबाट बुझेको बताउनुभयो। “मलाई यहाँका समस्या कागजमा होइन, व्यवहारमा थाहा छ,” उहाँले भन्नुभयो, “तपाईंहरूको दुःख–सुख संसदसम्म र्पुयाउने र नीतिगत रूपमा समाधान खोज्ने प्रतिबद्धता गर्दछु ।”
    उहाँले स्वास्थ्य संस्थाको स्तरोन्नति, सामुदायिक विद्यालयको गुणस्तर सुधार, कृषि उत्पादनलाई बजारसँग जोड्ने संरचना निर्माण, युवालाई स्थानीयमै उद्यम गर्न प्रोत्साहन, तथा साना उद्योगलाई संरक्षण गर्ने नीति ल्याउने आफ्नो प्राथमिकता रहेको स्पष्ट पार्नुभयो ।

    टोल–टोलमा आयोजित कोण सभामा स्थानीय बासिन्दाले “यसपटक काम गर्ने प्रतिनिधि चाहिएको” भन्दै साथ दिने संकेत गरेका छन् । केही ज्येष्ठ नागरिकले “हाम्रो समस्या सुन्ने नेता कमै भेटिन्छ, घरमै आएर सुन्नु राम्रो संकेत हो” भनेर प्रतिक्रिया दिए ।  पौडेलले सदनबाट मात्र होइन जनतासँग नियमित संवाद कायम राख्ने र टोलस्तरमै बसेर मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । “म चुनाव जितेर टाढा जाने होइन, नजिकको सहयात्री भएर काम गर्नेछु,जनताकै बिचमा रहेर सेवा गर्नेछु”– उहाँले भन्नुभयो । पौडेलसंगै समानुपातिक उम्मेदवार रिता सेन ओली पनि घरदैलोमै हिड्नुभएको छ ।

    स्थानीयसँग भेटघाट गरी विकास, रोजगारी, सडक र ढल निकास लगायतका विषयमा सुझाव तथा गुनासा संकलन गरिएको छ । घरदैलो कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । शनिबार बिहान ६ बजेदेखि बुटवल वडा न १३ मा घरदैलो ,दिउसो ११ बजे बौद्धिक क्षेत्र एवं निबृत्त राष्ट्रसेवक निर्वाचन परिचालन समितिको आयोजनामा हुने बुद्धिजीवी भेलाको कार्यक्रम रहेको छ । सो कार्यक्रममा कांग्रेस पार्टी प्रवक्ता देवराज चालिसेको प्रमुख आतिथ्यता रहने नेपाली कांग्रेस रुपन्देही क्षेत्र न २ का निर्वाचन परिचालन मूल समितिका संयोजक तथा क्षेत्रीय सभापति प्रजापाल गिरिले जानकारी दिनुभयो ।chunna paudel.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, फाल्गुण ८ २०८२०५:३३:२३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology